नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मङ्सिर महिनाको अन्तिम दिन घटेको सुनको मूल्य पुस महिनाको पहिलो दिन पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघमा अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले घटेको छ। आज छापावाला सुन ९९ हजार ९ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि नेपाली बजारमा ४ सय रुपैंयाँले नै घटेको महासंघले जनाएको छ। आज तेजाबी सुन तोलाको ९९ हजार ४ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
यस अगाडी सुनको मूल्य बिहिबार तोलामा ७ सय रुपैंयाँले घटेको थियो। महासंघको तथ्यांक अनुसार आज कायम भएको सुनको मूल्य मङ्सिर २२ गते यताकै सस्तो रहेको छ।
यस साता सुनको मूल्य
यस साता छापावाला सुन घटीमा ९९ हजार ९ सय देखि १ लाख १ हजार रुपैंयाँमा कारोबार भयो। त्यस्तै तेजाबी सुन भने ९९ हजार ४ सय देखि १ लाख ५ सय रुपैंयाँ सम्ममा कारोबार भएको महासंघले जनाएको छ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post