पालुङ्गो खाँदा नौ जना बिरामी

अष्ट्रेलियामा विषालु पालुङ्गो खाँदा मानिस बिरामी परेको खबर छ । यी व्यक्तिहरूले स्वास्थ्य बिग्रनेदेखि लिएर हेलुसिनेशन अर्थात् भ्रमित हुनेजस्ता समस्या भइरहेको बताइरहेका छन् ।

हालसम्म नौ जनालाई स्वास्थ्य सहायता प्रदान गरिएको छ । रिभिएरा फार्म्स ब्रान्डको पालुङ्गो खाएपछि यस्तो भएको भन्ने गुनासो आइरहेको छ । पालुङ्गो खाएपछि मानिसमा अलमल हुनेदेखि मुटुको धड्कन बढ्ने र दृष्टि धमिलो हुने जस्ता लक्षण देखिन थालेको स्वास्थ्य विभागले जनाएको छ ।

यससँगै यो ब्राण्डको पालुङ्गो खाँदा कुनै लक्षण देखिए तुरुन्त अस्पताल जान स्वास्थ्य विभागले जनाएको छ । सिड्नी मर्निङ हेराल्डसँग कुरा गर्दै प्रान्तीय विष सूचना केन्द्रका अधिकारी डाक्टर ड्यारेन रोबर्ट्सले भने, ‘अहिलेसम्म कोही व्यक्तिको मृ’त्यु भयो भन्ने खबर आएको छैन ।

यस्तोमा हामी निकै खुसी छौँ । यस्तो खबर नआओस् पनि, हामी यहि आशा गर्छौँ ।’ रिभिएरा फार्म्सका प्रवक्ताले यो पालुङ्गोको समूह कुनै प्रकारको झारबाट प्रभावित भएको तर अन्य उत्पादन यसबाट प्रभावित नभएको बताएका छन् ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित