भगवानलाई सम्झिदा कहिल्यै नगर्नुहोस् यी गल्ती, नत्र मिल्नेछ नकरात्मक नतिजा

१.पूजाआजा गर्दा झुक्केरपनि निलो वा कालो रंगको कपडा लगाउनु हुँदैन। यसो गर्दा पूजानै अपूर्ण हुने र भगवानको कृपा प्राप्त नहुने मान्यता रहेको छ।

२.गलत तरिकाबाट कमाएको पैसा भगवानलाई भेटि स्वरुप चढाउने गर्दा प्रतिफल नराम्रो हुने भएकाले यो कार्यबाट बच्न आवश्यक रहन्छ।

३. हरेक दिन भगवान शिवको पूजा गर्नु अघि पूर्ण शरिर नुहाउन आवश्यक हुन्छ अन्यथा पूजा अपूर्ण हुने र ठूलो पाप भोग्नु पर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ।

४.शारिरिक सम्बन्ध राखे पश्चात पूर्ण शरिर ननुहाई पूजाआजा गर्नु ठूलो अपराध हुने कुरा शास्त्रले भनेको छ र यसो गर्दा ठूलो पाप व्यहोर्नु पर्नेहुन्छ।

५. यदि तपाई कुनै रिसमा हुनुहुन्छ भने यस्तो बेलामा भगवानको पूजा गर्नु गलत हुन्छ। यस्तो बेलामा पूजा गर्दा प्रतिफल नराम्रो हुने र जीवनमा हरेक समस्याको समना गर्नुपर्ने मान्यता रहेको छ।

६. कुनैपनि समयमा भगवानको पूजा वा आरती गर्दा अँध्यारो राख्नु हुँदैन। शास्त्रका अनुसार यसो गर्नु कुनै अपराध भन्दा कम मानिदैन। सर्वाप्रथान पूजा गर्ने स्थानमा बत्ति बलि उल्यालो बनाउन आवश्यक हुन्छ।

७. यदि तपाईले केही चिज खाएर र मुख समेत नधोई गर्नुभएको पूजा अस्विकार हुने हुँदा यी कुराहरुमा विशेष ध्यान दिन आवश्यक हुन्छ। किन कि यसो गरेर पुजा गरे बिटुलो हुने धार्मिक मान्यता चली आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित