दोहोरीबाट कमला घिमिरे बिबादमा आएपछि बोले बद्री पंगेनी (भिडियो सहित)

दोहोरी गीतबाट कमला घिमिरे बिबादमा आएपछि बद्री पंगेनी बोलेका छन् । कमलाको भन्द पनि गाउन लगाउने अग्रजको कमजोरि हो भन्दै उनले मुख खोलेका हुन् । तेही गीत गाउनु पर्छ र अरु गीत छैनन् भन्दै उनले अरुलाई चोट दिने गित गाउनु गलत हो भन्दै प्रष्ठ पारेका छन् ।

यता आज मात्रै बाल गायिका कमला घिमिरेले माफी पनि मागिसकेकी छिन् । लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि बालगायिका कमला घिमिरेले अन्तत माफी मागेकी हुन् ।

गायिका समिक्षा अधिकारीलाई लक्षित गर्दे गीत गाएर आलोचित बनेकी उनले सामाजिक संजालबाटै माफी मागेकी छन् । फेसबुकमार्फत गायिका घिमिरेले ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन ।’

बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिनु भन्दै लेखेकी छन् । उनले गीत गाएपछि उनको चर्को आलोचना भएको थियो । कतिपय दोहोरी कलाकारले उक्त गीतको स्क्रिप्ट अरु कसैले लेखेको हुनसक्ने अनुमान गरेका थिए ।

उनी लेख्छिन्, ‘यसबाट पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु । सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आइन्दा यस्तो गल्ती हुनेछैन । अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु ।

सधैं हजुरहरुकै प्रिय बन्न पाऊँ, गीत-संगीतमै रम्न पाऊँ, कहींकतै बिराएछु भने सल्लाह सुझाव दिंदै गर्नु है ।’ उनले उक्त गीत सुमन परियारसँग मिलेर गाएकी थिइन् । हेर्नुहोस यो भिडियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित