अध्यारो कुनाबाट मुक्त गराईदिनु म निर्दोष छु भन्दै सन्दीपले आफ्ना वकिललाई लेखे भावुक पत्र

ग्लोबल क्रिकेट स्टार सन्दीप लामिछानेको स्वास्थ्य अबस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । उनी डिप्रेसनको शिकार भएको उनलाई भेटेर आउँनेहरुले जानकारी दिएका छन् ।

सन्दीप लामिछाने आफुलाई बलियो राख्न प्रयास गरिरहे पनि उनमा डिप्रेसनका संकेतहरु देखिन थालेको सन्दीप लामिछानेको पक्षबाट वकालत गरिरहेका वकिल सरोजकृष्ण घिमिरेलाई अनलाईन संचार माध्यममार्फत जानकारी दिएका छन् ।

सन्दीप लामिछानेका परिवारले पनि सन्दीप लामिछाने डिप्रेसनमा गएको बताएको छ । सन्दीप लामिछानेमा आफुसँग केही नभएको खालीपनको समस्या देखा परेको पारिवारिक स्रोतको भनाई छ ।

यसका अतिरिक्त उनमा उदासी, शून्यता महशुस गर्ने वा आशाहीनताको भावना चिन्ता, आक्रोश वा बेचैनी चरम आलस्य, वा आफ्नै परिवारलाई पनि बेवास्ता जस्तो देखिने व्यवहार रिस उठ्ने, चिडचिडापन वा निराशा, सानो कुरामा पनि गलत बुझ्ने वा सबै सामान्य गतिविधिहरू बोलीरहने गरिरहेको परिवार स्रोतले बताएको छ ।

उनले आफ्नो स्वास्थ्यलाई समेत वेवास्ता गर्न थालेको सन्दीपको परिवारको भनाई छ । यसैक्रममा सन्दीप लामिछानेको चिठ्ी उनका वकिल सरोजकृष्ण घिमिरेसमक्ष पुगेको छ ।

उनले आफु निर्दोष भएको कुरालाई चिठ्ीमार्फत बलियो ढगंले लेखेको घिमिरे बताउँछन् । उनले चिठ्ठीमार्फत जतिसक्दो चाडौ यो केसलाई टुगोंमा पुर्याइदिन अनुरोध गरेको सरोजकृष्ण घिमिरेले बताए ।

यस्तै माइती नेपाल पनि शंकाको घेरामा मुछिएको छ । माइती नेपालले सन्दीप लामिछानेको विपक्षमा लागेको भन्दै आम जनताहरुले चर्को स्वरमा बिरोध जनाइरहेका छन् ।

सरोजकृष्ण घिमिरेले पनि माइती नेपालले एक पक्षलाई मात्र बलियो बनाउँन खोजेकाले सुन र थुनको पद्धती अङगीकार नगरेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । चाडै सन्दीप लामिछानेको न्यायको आवाज लिएर उच्च अदालत जाने तयारीमा आफु रहेको र सन्दीप लामिछानेले न्याय पाउनेमा आफ्नो टीम आशावादी रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित