नायिका आना शर्मा मिडियामा खासै आउन चाहन्नन् । कलाकारहरूले चर्चाको लागि विभिन्न स्क्यान्डल जन्माइरहँदा आना भने लाइमलाइटबाट टाढा छिन् । उनको प्रेम जीवनको बारेमा मिडियामा खबरहरू सार्वजनिक भइरहन्छन् । तर, आना हरेक कुरामा मौन नै बस्छिन् ।
उनै, आनाले फिल्म ‘मायाको माया’मा काम गरिन् । अब, उनले नयाँ फिल्म ‘बदलिदो आकाश’मा पनि काम गर्ने भएकी छिन् । नेपालको साथै भारतको दार्जिलिङ र सिक्किममा यो फिल्मको छायाङ्कन हुनेछ ।
भारतको फिल्म विकास निगमले आयोजना गरेको फिल्म बजारमा छानिएको स्क्रिप्टबाट यो फिल्म बन्नेछ । यो फिल्मलाई मच्छिन्द्र योङ्ग्यले निर्देशन गर्दै छन् भने अनुप पौडेल यसका निर्माता हुन् । यो फिल्मका लागि आना शर्मा बाहेक अरूलाई फाइनल गरिएको छैन । फिल्मलाई यात्राको कथामा निर्माण गरिनेछ ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post