एकैदिन आठजना आफन्त गुमाएकी ६ वर्षिया ‘श्रेया’, बुबा आमा कहिले आउनुहुन्छ भनेर सोधिरहन्छिन

बेथान्चोक गाउँपालिका वडा नम्वर ४ चलालगणेस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा एकै परिवारका आठ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा १७ जनाको मृ’त्यु भएकोमा बनेपा नगरपालिका–११ का एकै परिवारका आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको थियो ।

यसैबीच बनेपा स्थित अर्किड स्कुलको नर्सरी कक्षामा अध्ययनरत ६ वर्षिया श्रेया तामाङले मंगलबार काभे्रको बेथान्चोक गाउँपालिका वडा नम्वर ४ चलालगणेस्थानमा भएको बस दु’र्घटनामा बाबु बुद्ध र आमा कोपिलालाई गुमाउनु पुग्नु भयो । बसमा सँगै यात्रा गरेकी श्रेयाको शरिरभरी सिसा र र’ गत थियो । उनलाई चोटपटक छैन ।

शिर मेमोरियल अस्पतालको बालशाखामा उनको उपचार भईरहेको छ । उनलाई स्थानीय डिकमान लामाले सकुशल बसबाट उद्धार गर्नु भएको थियो । ‘बसबाट निकाल्ने वित्तिक्कै श्रेयाले बाबुआमाका बारेमा सोध्नु भयो’–स्थानीय डिकमान लामाले भन्नुभयो– ‘शरिरभरी सिसाका टुक्रा र अरु घाईतेको र’ गतको छिटा उहाँको शरिरमा थियो ।’

श्रेया एक्लो बालिका हुन् जसलाई बाबु आमा गुमेको सूचना छैन ।उनको परिवारका ८ जनाको नि’ धन भएको छ । ‘बुबा आमा दुबै गुमेको खवरले हामी पनि विक्षिप्त छौं, कोठामा सँगै बसेको नाताले छोरी श्रेयाको रेखदेखका लागि अस्पताल बसिरहेको छु’–

सिता तामाङले भन्नुभयो–‘बच्चाले बुबा आमा कहिले आउनु हुन्छ भनेर सोधिरहेकी छिन् ।’ अस्पतालमा विद्यालयकी शिक्षिका शुशिला श्रेष्ठ पनि हुनुहुन्छ । उहाँका अनुसार विद्यालयमा ज्ञानी र जिज्ञासु स्वभावकी छात्रा मध्ये श्रेया एक हुन् ।

उनको पढाई तिक्ष्ण छ । २६ बर्षिया कोपिला थांका लेख्नुहुन्थ्यो भने श्रीमान बुद्ध फर्निचरको काम गर्दै आउनु भएको थियो । कोपिला र बुद्धको एक मात्र सन्तान श्रेया अभिभावक विहिन बन्न पुग्नु भएको छ । बेथानचोक गाउँपालिका–५, च्याल्टीमा व्रतबन्धमा गएका बनेपा नगरपालिका–११, सल्लेका एउटै परिवारभित्रका आठ जनाको मृ’त्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित