मिस नेपालको अडिसनदेखि नै चर्चामा रहेकी नीति पछिल्लो समय नयाँ फिल्मका कारण चर्चामा छिन् । मोडल तथा सन् २०१७ की मिसन इन्टरनेशनल नीति शाहका फ्यान फलोइङ गज्जबका छन् ।

सामाजिक सञ्जालमा भने पनि निकै अपडेट रहन्छिन् । नीति शाहले चलचित्र साईन गरेकी छिन्। चर्चामा रहेको चलचित्र ‘एक्स ९’ मा मुख्य अभिनेत्रीको रुपमा उनले आज निर्माण पक्षसंग सम्झौता गरेकी छिन्।

फिल्मका अफर आएर पनि उनी फिल्म खेल्नमा खासै चासो देखाएकी थिइनन् तर पछिल्लो समय भने उनी नयाँ फिल्ममा देखिने भएकी छन् । श्रोतका अनुसार नीतिले चलचित्रमा २० लाख पारिश्रमिक लिएकी छिन्।

कतपयले १० लाख लिएको समेत दाबि गरेका छन् ।अनमोल केसी, पुष्प खड्का लगायतका कलाकारको अभिनय रहने चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्दैछन्।
सामाजिक सञ्जालमा उनले बोल्ड तस्वीर शेयर गर्ने गर्छिन् । हजारौँ फ्यान कमाएकी नीतिको रुपले धेरैलाई मोहित पार्ने गर्छ । उनी पछिल्लो पटक पनि निकै ग्लामरस लुक्समा देखिएकी छन ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post