आज जेठ १८ गते सोमबार: ४ राशिमाथि रहनेछ शनिको कुदृष्टि, ३ राशिको जीवनमा हुनेछ अनावश्यक खर्च

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । व्यापार व्यवसायमा नाफा हुने योग छ । धार्मिक सामाजिक काममा संलग्न भइ मन सन्तोष हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झैझगडा होला । साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ, केही कारणले धनको पनि नाश होला । वादविवादको सामना गर्नुपर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ भने जागिरमा भने होसियार रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर पनि कसैसँग सानो मनमुटाव हुन सक्छ । मान सम्मान पाए पनि मनमा डर रहनेछ । प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । गुरुजन, छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्द व्यापारबाट लाभ मिल्नेछ । कृषिको कामबाट पनि फाइदै होला । प्रेम प्रसंग सुखद रहने छ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने मौका पनि छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । फसेको पैसा आज उठ्न सक्छ । तपाईंले प्रयास भने गर्नैपर्ने देखिन्छ । साथीभाइले सरसहयोग गर्नेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । अनावश्यक ठाँउमा पैसा खर्च हुँदैछ । व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छ । रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ । अध्ययन अध्यापनमा मन लगाउन निकै कठिन पर्ला । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् साथै अन्नको पनि लाभ हुने दिन छ । तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, तर पढाइमा भने खासै मन नजाला । निजी काम बन्ने समय छ । शत्रुहरू परास्त हुनेछन् । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, धनको पनि लाभ होला । आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ, नसोचेको ठाँउबाट पैसा आउने देखिन्छ । पर्याप्त धन लाभ हुनेछ । आम्दानी बढ्नेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
कमाइ राम्रैसँग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ, टाढाको यात्राको पनि योग छ । पढाइमा पाउने सफलता यथावत रहनेछ । बुद्धिको तारिफ गर्ने ठूला व्यक्ति हुनेछन् । आम्दानि अनि खर्च बराबर जस्तो मात्र होला । काममा मन दिन सकेमा सफल भइने दिन छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । रुपैँया पैसा फस्ने दिन छ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला होस पुर्याउनु होला । कमाइ कम खर्च बढी हुनेछ । सानो कुराले आज बेलाबेलामा अशान्ति र छटपटी हुन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । अन्य बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनु होला । टाढाको साथीसंगको भेटघाटले मन प्रफुल्ल रहला । तर सोचेको काम भने समयमा नै पुरा नहोला । काम बने पनि अशुभ समाचारले मन खिन्न पार्ला । सोचेको जति फाइदा नबने पनि केहि बन्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन छ, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । आर्थिक पक्षमा सुधारको महशुस हुनेछ । पूजापाठमा ध्यान जाने खालको दिन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित