पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा बितेको ५० वर्षमा ५१ प्रतिशतले घटेको एक अध्ययनले देखाएको छ । इजरायलको हिब्रु विश्वविद्यालय र अमेरिकाको माउन्ट साइनाई स्कुल अफ मेडिसिनले भर्खरै गरेको अनुसन्धानले पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा घटेको देखाएको बीबीसीले जनाएको छ ।
यसअघि सन् १९७० मा गरिएको अध्ययनमा एक मिलिलिटर वीर्यमा औसत १० करोड १० लाख जति प्रजनन क्षमतायुक्त शुक्रकीट हुने गरेकोमा अहिले घटेर चार करोड ९० लाखमा झरेको पाइएको छ ।
अहिले उपलब्ध शुक्रकीटमा पनि महिलाको डिम्बभित्र प्रवेश गर्न सक्षम शुक्रकीटको सङ्ख्या निकै घटेको पाइएको अध्ययन टोलीका सदस्य एन्ड्रोलजिस्ट मोएसर राफाएल राडाएलीले बताउनुभएको बीबीसीले जनाएको छ ।
शुक्रकीटको मात्रा घट्ने क्रम सन् २००० पनि धेरै बढेको छ । पुरुषको शुक्रकीट घट्नुको मुख्य कारण मोटोपना देखिएको छ । यस्तै दुर्व्यसन, यौनाङ्गबाट सर्ने सङ्क्रमण, खानेकुराको प्रभाव, काखमा राखेर कम्प्युटर चलाउनु र अर्मोन उत्पादन गर्ने गन्थ्रीहरूमा हुने अवरोधका कारण शुक्रकीटको मात्रा घटिरहेको अध्ययन प्रतिवेदनमा भनिएको छ ।
अध्ययन प्रतिवेदनमा बुबा बन्न चाहने पुरुषलाई शारीरिक सक्रियता बढाउनुको साथै जाँड–रक्सी र चुरोट नखान सुझाव दिइएको छ । यस्तै खानपानमा ध्यान दिएर शरीरलाई मोटोपनाबाट जोगाउनुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post