नायिका साम्राज्ञी राज्यलक्ष्मी प्राय फिल्ममा नयाँ नायकहरुसँग काम गर्न रुचाउँछिन् । फिल्म ‘ड्रिम्स’बाट नायक अनमोल केसीको नायिकाको रुपमा फिल्म क्षेत्रमा प्रवेश गरेकी साम्राज्ञी त्यसपछि भने स्टार बनिन् ।
साम्राज्ञीले सलिनमान बनियाँदेखि पछिल्लो फिल्म ‘लण्डन टू पेरिस’मा निश्चल खड्कासँग काम गरेकी छिन् । यसैले, साम्राज्ञी आफूलाई स्टार नायकले बनाएको भन्दा पनि आफूले नायकलाई स्टार बनाएको तर्क गर्छिन् ।
तर, फिल्म ‘तिम्रो मेरो साथ’को पत्रकार सम्मेलनमा भने साम्राज्ञीले यो कुरा आफूले कहिलेको बोलेको थिएँ भन्दै आनाकानी गरिन् । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को पत्रकार सम्मेलनमा सहभागी हुँदा पोखरामा साम्राज्ञीले आफूले स्टार जन्माएको तर्क गरेकी थिइन् ।
तर, अब भने उनी आफ्नो बोलीबाट पछि हटेकी छिन् । साम्राज्ञीले आफूले १६–१७ बर्षको उमेरमा के के बोलेको भन्दै त्यो कुरा नै बिर्सिएको बताइन् । उनले भनिन्–‘मैले त्यत्रो ठूलो कुरा गरेँ र ? ओहो त्यो बेलामा म सानै थिएँ । यसैले के के भनेँ होला । तर, अहिले मलाई यो कुरा यादै छैन ।’
जेहोस्, अब भने साम्राज्ञीको दिमागबाट यो कुरा निस्किएको हुनुपर्छ । किनकी, साम्राज्ञी आफै पनि आर्यन सिग्देलदेखि पुष्प खड्का जस्ता चल्तीका नायकहरुसँग काम गरिरहेकी छिन् ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post