मिटर नराखी सडक बत्ती बाले कारबाही गर्ने प्राधिकरणको चेतावनी

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले ४५ दिनभित्रै सबै सडक बत्तीहरुको मिटर राख्न स्थानीय तहरुलाई सूचित गरेको छ । बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले स्थानीय तहरुलाई विना अनुमति प्राधिकरणले बिजुलीको प्रयोग गरेर सडक बत्ती नजोड्न भनेको छ ।

सहमति नलिई आफूखुसी सडक बत्ती जडान गर्ने क्रम बढेको भन्दै प्राधिकरणले सडक बत्तीको विद्युत शक्तिको मापन र विद्युत खपतपछिको महसुल भुक्तानीमा झमेला आएर नोक्सानी व्यहोर्नु परेको बताएको छ ।

सबै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई प्राधिकरणले सडक बत्तीको महसुलको भुक्तानी यथाशीघ्र गर्न अनुरोध गरेको छ । त्यसैगरी वितरण केन्द्रहरुबाट अनुमति लिएर मात्रै सडक बत्ती जडान गर्न र जडान भइसेकका सडक बत्तीको बिजुली खपत मापन गर्न ४५ दिनभित्रै बिजुली मिटर राख्न समेत सूचित गरेको छ ।

प्राधिकरणले सडक बत्तीका लागि सिंगल फेज मिटर उपलब्ध गराउने भएको छ । एउटा मिटरबाट १०० वाट क्षमताका ५० भन्दा बढी सडक बत्तीको मापन गर्न सकिने छ ।

प्रत्येक सडक बत्तीलाई छुट्टै मिटर उपलब्ध गराउन नसकिने भन्दै प्राधिकरणले वितरण केन्द्रसँग समन्वय गरेर केबल तानेर सडक बत्ती बाल्न निर्देशन दिएको छ । नियमअनुसार सडक बत्ती नजोडेर महसुल नतिरेमा कारवाही गर्ने प्राधिकरणको चेतावनी छ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित