ब्राजिलका महान फुटबलर पेलेको अवस्था जटिल

ब्राजिलका महान फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ ।

८२ वर्षीय पेलेको ‘मृगौला र मुटुको समस्यासँग सम्बन्धित थप हेरचाह आवश्यक’ रहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले भनेको छ ।उनको हाल सामान्य वार्डमा उपचार भइरहेको छ ।

उनको केमोथेरापी उपचारको पुनः मूल्यांकन गर्न पेलेलाई नोभेम्बर २९ मा साओ पाउलोको अस्पतालमा भर्ना गरिएको थियो । २१ सेप्टेम्बरमा कोलोन ट््युमर हटाउन शल्यक्रिया गरे देखि ८२ वर्षीय पेलेको केमोथेरापी भइरहेको छ ।

उनलाई श्वासप्रश्वासको संक्रमण भएको समेत उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । यस महिनाको सुरुमा पेलेलाई जीवनको अन्तिम हेरचाहमा राखिएको रिपोर्टलाई अस्वीकार गर्दै पेलेका छोरी केली नासिमेन्टो र फ्लाभिया अरेन्टेसले उनको स्वास्थ्यको बारेमा प्रशंसकहरूलाई आश्वस्त पार्न खोजेका थिए ।

‘एडसन एरेन्टेस डो नासिमेन्टोले क्यान्सर रोगको प्रोग्रेसन देखिएको र मृगौला र कार्डियक डिसफंक्शनसँग सम्बन्धित थप हेरचाहको आवश्यकता’ रहेको अस्पतालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । अस्पतालले विज्ञप्ति जारी गरेको केही मिनेटपछि नासिमेन्टो र अरेन्टेसले आफ्ना बुबा क्रिसमसको लागि घर नजाने इन्स्टाग्राममा उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित