यी हुन् संस्कृत भाषामा शपथ लिने सांसद

संसद सचिवलायले आ आफ्नो मातृ भाषा वा अन्य भाषामा सांसदहरूले शपथ लिन पाउने व्यवस्था गरेपछि देशका विभिन्न क्षेत्रबाट निर्वाचित सांसदहरूले आफूले चाहेको भाषामा शपथ लिए ।

बिहीबार प्रतिनिधिसभा भवन नयाँ बानेश्वरमा शपथ लिन आउँदा सांसदहरू आआफ्नो मौलिक वेशभूषामा सजिएका थिए । अधिकांशले नेपाली भाषामै शपथ लिँदा रौतहटबाट निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साहले भने संस्कृत भाषामा शपथ लिए ।

शपथ लिएपछि उनले छोटो प्रतिक्रिया दिँदै भाषको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले गाडीहरूमा इम्बोस्ड नम्बर राख्दा अंग्रेजीमा राख्नुपर्ने व्यवस्थाको पनि विरोध गरे ।

त्यस्तै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकारको काम अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि व्यावसायिक रुपले सञ्चालनमा ल्याउने तयारी गरिएको केबलकारको काम अन्तिम चरणमा पुगेको हो ।

पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ८० प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार केबलकारको टावरको काम सकिएको छ । अहिले इन्जिन जडानको काम भइरहेको उनले बताए ।

“इन्जिन जडानको काम सकेर लठ्ठाको काम सुरु गर्छौँ, त्यसपछि बाक्सा जडान गरिनेछ”, शर्माले भने, “फागुनसम्म परीक्षण गरेर वैशाखदेखि व्यावसायिक हिसाबले सञ्चालनको लक्ष्य राखेका छौँ ।”

विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ भए पनि अब काम नरोकिने शर्मा बताउँछन्। “दुई वर्ष त कोभिड र बन्दाबन्दीका कारण परियोजनाको काम नराम्ररी प्रभावित भयो”, उनले भने, “त्यसयता पनि निर्माण सामग्री समयमै आउन नसक्दा काम ढिलाइ हुँदै आयो, तर अहिले तीव्ररूपमा काम अगाडि बढेको छ ।”

आगामी वर्षको मङ्सिरभित्र पाँचतारे होटल र माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आगामी जेठभित्र भ्यूजरुम, असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी र स्काइवाक तथा असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँचतारे होटलको निर्माणकार्य पनि तीव्रगतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहितको हुने छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित