इजरायलको प्रधानमन्त्री बन्न लागेका बेन्जामिन नेतान्याहुले आउँदो साता शपथ लिनेमा आफू आशावादी रहेको बताएका छन् । इजरायलमा नयाँ सरकार गठनको बाटो खुलेको छ र योसँगै बेन्जामिन नेतान्याहु कीर्तिमानी छैटौँ पटक सत्तामा फर्कनेछन् ।
उनको गठबन्धन सरकारलाई कट्टरपन्थी यहूदी पार्टीहरू र अति(राष्ट्रवादी पार्टीहरूले समर्थन गरेका छन्। यो इजरायलको इतिहासमा सबैभन्दा दक्षिणपन्थी सरकार बन्ने विश्वास गरिएको छ।
गठबन्धनले यहूदी बस्ती विस्तार गर्ने र सुरक्षा बल र न्यायपालिकामाथि नियन्त्रण बलियो बनाउने योजना बनाएको छ। ‘द ज्युइश पार्टी’का नेता इटामार बेन गभिरलाई नयाँ सरकारमा राष्ट्रिय सुरक्षा मन्त्री बनाइने भएको छ ।
उनी विगतमा जातीय भेदभावको अपराधमा दोषी ठहर भइसकेका छन् । गठबन्धनका साझेदारहरूले नेतन्याहू विरुद्ध चलिरहेको घुसखोरी र जालसाजीको मुद्दालाई अन्त्य गर्ने कानुनी सुधारहरू पनि प्रस्ताव गरेका छन्।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post