दक्षिण अफ्रिकाका पास्टरले स्वर्गमा परमेश्वर हेर्नका लागि मानिसहरुबाट मोटो रकम असुल्ने गरेको खुलासा भएको छ । आफ्नो जीवन अन्त्य नगरी नै आफ्नो सृष्टिकर्ता हेर्न चाहनुहुन्छ भने अफ्रिकाका पास्टर एमएस बुडेलीले तपाईंलाई सहयोग गर्ने दाबी गर्छन्, तर यसका लागि तपाईंले शुल्क भने तिर्नुपर्छ ।
सोसल मिडियामा भाइरल भइरहेको उनको विज्ञापनको पोस्टर अनुसार एमएस बुडेलीसँग मानिसहरुलाई स्मार्टफोनमा भविष्य देखाउने शक्ति छ, आर्थिक ऋणबाट मुक्त गर्ने पनि सामर्थ्य उनीमा छ ।
यसका लागि तपाईंले के गर्नु पर्छ भने उनको ‘वर्सिप कन्फरेन्स’ मा भाग लिने र विशेष प्रार्थनाका लागि शुल्क तिर्ने । अडिटी सेन्ट्रलका अनुसार आउँदो डिसेम्बर २५ मा पास्टर एमएस बुडेलीले आफ्नो ‘वर्सिप कन्फरेन्स’ को आयोजना गर्दैछन् जहाँ मानिसहरुले उनको प्रार्थना सुन्न पाउनेछन् र साँच्चै नै विशेष प्रार्थनामा भागसमेत लिन पाउनेछन् ।
यहाँ एउटै समस्या के छ भने, विशेष प्रार्थना सस्तो भने छैनन् । उदाहरणका लागि ‘स्वर्गमा भगवान् हेर्न’ मानिसले २०,००० रान्ड (१,१६० डलर) अर्थात् साढे एक लाख रुपैयाँ तिनुपर्नेछ ।
यसका साथै, सबै ऋणबाट मुक्त हुन उनीहरुले ५,००० रान्ड्स (३८ हजार रुपैयाँ) दिनुपर्नेछ । यसका साथै भोलिपल्टै विवाह गर्नका लागि १०,००० रान्ड्स (५८० डलर) अर्थात् ७६ हजार रुपैयाँ तोकिएको छ । आफ्नो भविष्य स्मार्टफोनमा हेर्न २०,००० रान्ड्स (१,१६० डलर) अर्थात् १ लाख ५३ हजार रुपैयाँ दिनुपर्नेछ ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post