सचिनको अवस्था झनै नाजुक बन्दै, देखियो यस्तो रोग (हेर्नुस भिडियो)

पछिल्लो केही समयदेखि गुल्मीका ९ बर्षिय बालक सचिन परियार नेपाली म्यूजिक भिडियो र युटुबमा चर्चामा थिए । हुनत, यसरी चर्चामा आउने सचिन पहिलो पात्र भने होइन ।

‘तरकारीवाली’देखि थुप्रै अनुहारले क्षणिक चर्चाको स्वाद चाखिसकेका छन् । तर, अधिकांश अहिले कहाँ छन् कमैलाई मात्र थाहा होला । सचिन परियार एक युटुब च्यानलमा अन्तरवार्ता दिएपछि एकाएक भाइरल भए ।

सचिनको रमाइलो तरिकाले बोल्ने शैली तथा आनीबानी धेरैलाई रोचक लाग्यो । उनको यही शैलीले अन्तरवार्ता हेर्नेको संख्या लाखौ पुग्यो । उनले बोलेका शब्दहरु टिकटकमा भाइरल भए । टिकटकदेखि चलचित्रमा समेत चलेका कलाकारले उनको संवादमा मुख चलाए ।

तर, केही समय नेपाली लोकदोहोरीदेखि टेलिसिरियलसम्म निक्कै प्रयोग भएका सचिन केहीसमय यता कतै देखिएका छैनन्। हाल उनी निक्कै बिरामी रहेको खबर सार्वजनिक भएको छ। सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाए।

९ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो। उनै सचिन अहिले अस्पतालको बेडमा भेटिएका छन्। बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन्।

सचिन बिरामी भएको थाहा पाएपछि रविन लामिछानेले सचिनको अवस्था गम्भिर भएको बताएका छन्। भर्खरै अस्पताल पुगेका साथि हरु र बाबु को आमा लाई सोध्दा सचिन को अबस्था जटिल छ भन्ने बुझियो।

टिचिङ्ग अस्पतालको आईसीयूमा उपचाररत सचिनको थप उपचार, खर्च अभाव का कारण रोकिन सक्ने खतरा भयकाले सचिन बाबुलाई माया गर्ने सबै जनाले बाबु को लागि भगबान सङ्ग प्रार्थना सहित सकेको सहयोग गरिदिनु हुन अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित