मान्छेले किन पाद्छन् ? पाद किन गनाउछ ?

एउटा समाचारले धेरै दिनदेखि हँसाइरहेको छ । युरोपमा एउटा विमानलाई त्यतिबेला आपतकालिन अवतरण गर्नुपर्‍यो जतिबेला विमानमा सवार एक यात्रीले पटकपटक दुर्गन्ध फैलाएर यात्रुको हालत खराब गराइदिए ।

विमान दुबईबाट नेदरल्यान्ड जाँदै थियो । स्थिति नाजुक भएपछि अस्ट्रियामा आपतकालिन अवतरण गर्नुपर्‍यो । यसलाई “फार्ट अट्याक” को नाम दिइएको थियो । घटना ट्रान्सविया एयरलाइन्सको विमानमा भएको थियो । यस खबरमा हाँस्नुको साटो उक्त यात्रुलाई सहानुभूति पनि जनाउनुपर्छ जसका कारण विमानलाई बसाल्नुपर्‍यो ।

उक्त मानिसले यस्तो काम जानीजानी त पक्कै गरेन होला । तर यसको निदान कसरी गर्न सकिन्छ ? फार्ट (पाद) के हो ? के यो मानिसले नियन्त्रण गर्न सक्छ ? के यसलाई रोक्न सकिन्छ ?

हेल्थलाइनका अनुसार पाद वा फार्ट खासमा आन्द्रामा रहेको ग्यास निकाल्ने प्रक्रिया हो जसको फलस्वरुप खाना पचाउने गरिन्छ । यो ग्यास हाम्रो पुरै पाचन नलीमा पाइने गर्छ, जसमा पेट, सानो आन्द्रा, ठूलो आन्द्रा र मलद्वार सामेल छन् ।

मानिस यसकारण फार्ट गर्छ किनकि हाम्रो शरीरमा ग्यास बढ्दै जान्छ । यसको कारण यसप्रकार छन् : दिनभर हाम्रो शरीरमा हावा प्रवेश गरिरहेको हुन्छ । कार्बोनेटेड पेय पदार्थद्वारा तथा चपाइरहेका बेला ।

यसको अर्को कारण सानो आन्द्रामा चाहिनेभन्दा ज्यादा ब्याक्टेरियाहरु बढ्नु पनि हो । अन्य कारण जस्तो मधुमेह, कलेजोको विमारीका कारण पनि हुने गर्दछ ।

ग्यास बन्नुको अर्को कारण त्यो कार्बोहाइडेट हो जो राम्रोसँग पचाउन सकिँदैन । सानो आन्द्रामा भएको इन्जाइमले पुरै खाना पचाउन सक्दैन । जब कम पचेको कार्बोहाइडेट मलद्वारमा पुग्छ त्यसपछि ब्याक्टेरियाले उक्त खानालाई हाइड्रोजन र कार्बन डाइअक्साइडमा बदल्ने काम गर्छ ।

कतिबेला हुन्छ पेट दुखाई ? यो सबै ग्यास कतै न कतै त गएको हुन्छ । यसमध्ये केही मानिसको शरीरले सोंस्ने काम गर्छ । तर जब यसको ठूलो मात्रा मलद्वारको माथिल्लो भागमा जम्मा हुन्छ र दबाब बढ्न थाल्छ तब पेट दुखेको महसुस हुन्छ । या छातीमा पनि दुखेको महसुस हुन्छ ।

यो अवस्थामा फार्ट यस्तो ग्यासलाई बाहिर निकाल्ने एउटा तरिका हो । आमरुपमा यस्तो ग्यासलाई रोक्नु हुँदैन । तर रोक्दा पनि त्यति धेरै नोक्सान पनि हुँदैन । तर यति कुरा बुझ्न जरुरी छ कि, यो ग्यास हो अहिले रोके पनि केही समयमा यो अवस्य निस्कनेछ ।

दिनभर हामीले जुन ग्यास निर्माण गर्ने खाना खान्छौं र हावा लिने गर्छौं त्यसले आमरुपमा साँझमा आफ्नो असर देखाउने काम गर्छ । यसबाहेक फार्ट आउने सम्भावना त्यतिबेला बढ्ने गर्छ जब आन्द्राका मांसपेशीहरु बटारिने गर्दछन् ।

के यो चिन्ताको विषय हो ?
यही कारण हो कि जब हामी पेट सफा गर्न जान्छौं त्यतिबेला पनि हावा पास हुने गर्दछ । यसबाहेक केही मानिसहरुमा व्यायाम गर्ने समय वा खोकी लाग्दा पनि ग्यास पास गर्ने बानी हुन्छ ।

खासमा फार्ट आउनु कुनै चिन्ताको विषय होइन । ब्रिटेनको नेशनल हेल्थ स्किमको वेबसाइटका अनुसार हरेक व्यक्तिले पाद्ने गर्दछ, तर केहीले अर्कोको तुलनामा ज्यादा ।

आमरुपमा हरेक व्यक्तिले दिनमा ५ देखि १५ पटकसम्म ग्यास छोड्ने गर्दछन् । तर केही व्यक्तिका लागि सामान्य र केहीका लागि चिन्ताको विषय बन्न सक्छ । यदि कसैलाई लाग्छ कि यो आम भन्दा ज्यादा भइरहेको छ भने त्यसबारेमा विचार गर्नुपर्ने जरुरी छ ।

खानपिनमा सुधार ल्याउन जरुरी छ ?

ग्यासदेखि बच्न छ भने आफ्नो खानपानलाई सुधार्नु जरुरी छ । यदि तपाईको शरीरले ल्याक्टस राम्रो मान्दैन भने डाक्टरले तपाईले दुधजन्य खानेकुरा कम खाने सुझाव दिन्छन् ।

यदि ग्यासलाई घटाउन चाहनुहुन्छ भने कार्बोनेटेड पेयहरु काम गर्नुपर्छ । तर यस्तो गर्दा फाइबरको मात्रा पनि अचानक नबढाउनुहोला किनकि यसले ग्याससम्बन्धी समस्या बढ्न सक्छ ।

गन्ध आउने फार्टबाट बच्न के गर्न सकिन्छ ?
कम कम खाने गर्नुहोस् र खाना सधैं चपाएर खानु राम्रो हुन्छ । यसका साथै व्यायाम गर्नु जरुरी छ, किनकि व्यायामले खाना पचाउन सहयोग गर्छ । जब तपाई छिटो छिटो खाने गर्नुहुन्छ त्यतिबेला शरीरमा ज्यादा हावा भरिन्छ । हल्लिएर वा अशान्तिसँग खानु पनि त्यसैले नराम्रो मानिन्छ ।

ज्यादा चुइगम खानाले पनि तपाईलाई समस्या हुन सक्छ । जसले दिनभर चुइगम चबाइराख्ने गर्छन् उनीहरु शरीरमा ज्यादा हावा तान्ने गर्छन्, जसकारण शरीरमा ज्यादा ग्यास भरिने गर्दछ । त्यस्तो खाना खानबाट बच्नुहोस् जसले शरीरमा ज्यादा ग्यास पैदा गर्छ ।

यसका लागि धेरै कार्बोहाइडेट जिम्मेवार छ । सोडा, बियर र अरु खालको कार्बोनेटेड पदार्थले पनि शरीरमा ग्यास बनाउन भूमिका खेल्छन् । यसमा जुन फोका उठ्ने गर्छन् त्यो शरीरमा गएर फार्टमा परिणत हुन्छन् ।

त्यसैले यी पेय पदार्थको ठाउँमा पानी, चिया, वाइन वा जुस पिउन सकिन्छ । चुरोट ज्यादा पिउने मान्छेलाई पनि ज्यादा फार्ट आउने गर्छ । यसबाहेक यदी तपाई दिशालाई रोकेर बस्नुभयो भने पनि त्यो ग्यासमा परिणत हुन थाल्छ र बाहिर निस्कन्छ जुन एकदमै गन्हाउने हुन्छ ।

डाक्टर कहाँ कतिबेला जाने ?
ग्यास बन्नु वा धेरै हावा पास हुनु कुनै गम्भीर कुरा होइन । आफ्नो लाइफस्टाइलमा केही परिवर्तन वा केही औषधीको प्रयोगले यसको निदान हुन सक्छ ।
तर कतिपय अवस्थामा ग्यासले अन्य विमारीको इसारा पनि गरिरहेको हुन्छ । यदी त्यस्तो लक्षण पाएमा भने डाक्टरसँग सल्लाह लिनु जरुरी हुन्छ । पेट धेरै दुख्नु, रिंगटा लाग्नु, उल्टी हुनु र पखाला लाग्ने भएमा परामर्श गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित