केही दिनमा ‘लक्ष्मी नारायण राज योग’ बन्दै, यी ३ राशि हुनेछन् हुनेछ लाभै-लाभ !

वैदिक ज्योतिषशास्त्रका अनुसार हरेक ग्रहले समय-समयमा राशि परिवर्तन गरिरहन्छन् जसबाट शुभ र अशुभ योगहरू सिर्जना गर्छन्। जसको प्रभाव मानव जीवन र देश-विश्वमा देखिन्छ।

त्यस्तै बुध र शुक्रको संयोगले आगामी २९ डिसेम्बरमा ‘लक्ष्मी नारायण’ राजयोग बन्न लागेको छ। जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर यहाँ यस्ता ३ राशि छन् जसले यस समयमा ‘लक्ष्मी नारायण, राजयोगको कारण राम्रो कमाउन सक्छ। जान्नुहोस् यी कुन-कुन राशि हुन्?

मेष राशि
मेष राशिका लागि ‘लक्ष्मी नारायण’ राजयोग शुभ साबित हुन सक्छ। किनभने यो योग मेष राशिको भावमा बन्न लागेको छ । जसलाई कर्मको स्थान मानिन्छ। त्यसैले यो समयमा काम–व्यवसायमा सफलता मिल्न सक्छ ।

यसका साथै कार्यस्थलमा आफ्नो कार्य कौशल देखाउने अवसर पनि प्राप्त हुनेछ। त्यस्तै आफ्नो व्यापार विस्तार गर्न सक्नुहुन्छ। अर्कोतर्फ, बेरोजगार भएकाहरूले यस अवधिमा नयाँ काम पाउन सक्छन्।

वृष राशि
‘लक्ष्मी नारायण’ राजयोग वृष राशिको लागि आर्थिक रूपमा सकारात्मक साबित हुन सक्छ। किनभने यो योग यस राशिको कुण्डलीको नवौँ घरमा बनिरहेको छ। त्यसैले यस समयमा तपाईँ भाग्यशाली हुन सक्नुहुन्छ।

यसका साथसाथै व्यापार वा अन्य कुनै कामको लागि यात्रा गर्न सक्नुहुन्छ, जुन यस राशिको लागि शुभ साबित हुन सक्छ। अर्कोतर्फ, प्रतिस्पर्धी विद्यार्थीहरूले कुनै पनि परीक्षामा उत्तीर्ण गर्न सक्छन्।

धनु राशि
‘लक्ष्मी नारायण’ राजयोग धनु राशिको लागि आय र लगानीको हिसाबले लाभदायक साबित हुन सक्छ। किनकि यो योग धनु राशिको कुण्डलीको एघारौं स्थानमा बनिरहेको छ । जसलाई आम्दानी र नाफाको ठाउँ मानिन्छ ।

यस कारण यस समयमा सम्पत्तिमा लगानी गरेर फाइदा लिन सक्नुहुन्छ। साथै, यदि तपाई व्यवसायी हुनुहुन्छ भने, धनु राशिको लागि आयको नयाँ स्रोतहरू सिर्जना हुन सक्छ। यसका साथै अदालती मुद्दामा पनि सफलता मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित