अभिनेत्री तुनिसाले आमालाई बताएकी थिईन् मनको कुरा, भनेकि थिईन- मलाई धोका भयो

मुम्बईमा अभिनेत्री ट्युनिशा शर्माको मृत्यु पछि ट्युनिशाका साथी शिजन खानलाई प्रहरीले प’क्राउ गरेको छ । यो प्रकरणमा अहिले ठूला खुलासा भएका छन् । ट्युनिशाका काकाले आइतबार ठूलो दाबी गरेका छन् ।

उनले ट्युनिशा विगत केही दिनदेखि निकै तनावमा रहेको आरोप लगाए । उनी सामान्य हुन चाहन्थिन्, तर केही कुराले उनलाई सताइराखेको थियो। १० दिनअघि टुनिशालाई एन्जाइटी अट्याक भएको काकाले बताए ।

उनले आफ्नो बारेमा केही ठूला कुरा सेयर गरेकि थिईन् । शनिबार २० वर्षीया टुनिशा शर्मा टिभी सिरियलको सेटमा थिइन् । उनी बाशरूमको मेकअप रुममा पुगिन् र भित्रबाट गेट बन्द गरेर झुण्डिएर आत्मह’त्या गरिन् । पछि टुनिशाका साथी र सहकलाकार शिजन गेट तोडेर भित्र पसे र टुनिशालाई त्यहाँबाट बाहिर निकाले ।

ट्युनिशाका काकाले शिजनको नाम नलिई आरोप लगाएका छन् । ट्युनिशाका काकाले १० दिनअघिको घटना उल्लेख गरेका छन् । उनले भने, ‘अलिबाबा शो सुरु हुनेबित्तिकै टुनिषा र शीजन एकअर्काको नजिक आए । करिब १० दिनअघि ट्युनिशालाई पनि एन्जाइटी अट्याक भएको थियो । यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

अंकलले थप भने– ‘जब म र उनकी आमा भेट्न गयौ टुनिशाले आफूसँग धोका भएको बताइन् । उनी ठगीएको बताईन् । ‘दुईबीच केही न केही गडबड छ भन्ने हामीलाई थाहा थियो ।

अभिनेत्रीकी आमाले भनिन्– सम्बन्ध जोगाउनै भएन भने यति नजिक आउनु के आवश्यक थियो रु यस घटनामा दोषी जो कोही भए पनि कारबाही हुनुपर्छ भन्ने हाम्रो भनाइ छ ।

काकाले ट्युनिशाकी काकी इंग्ल्यान्डमा रहेको पनि बताए । त्यसैले उनको आगमनपछि टुनिशाको अन्तिम संस्कार डिसेम्बर २७ मा गरिने छ । टुनिषा शर्माले सानै उमेरमा धेरै चर्चित धारावाहिक तथा चलचित्रमा काम गरेर आफ्नो छुट्टै पहिचान बनाएकी थिइन् । घटनाको जानकारी पाएपछि मुम्बईको वालिव पुलिस पुगेर जानकारी लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित