बिग बोस १३ फेम हिमांशी खुराना रोमानियामा सुटिङ गरिरहेकी छिन् । एक्कासी अभिनेत्रीको नाकबाट रगत बग्न थाल्यो र त्यहाँ उपस्थित मानिसले उनलाई देखेपछि उनलाई तुरुन्तै रोमानियाको अस्पतालमा भर्ना गरिएको थियो । हिमांसीलाई अस्पतालमा भर्ना गरिँदा अभिनेत्रीलाई पनि उच्च ज्वरो आएको थियो । हिमांशीको अवस्था देखेर सेटमा उपस्थित सबैजना आत्तिएका थिए ।
हाल अभिनेत्री हिमांसी खुराना आफ्नो आगामी पञ्जाबी फिल्म ‘फट्टो दे यार बडे ने को सुटिङका लागि रोमानिया गएकी छिन् । यो गीतको सुटिङको क्रममा अभिनेत्रीको स्वास्थ्य अचानक बिग्रियो । हिमांशीका फ्यानहरु उनको बारेमा निकै चिन्तित छन् । हिमांशीका फ्यानहरुले उनलाई लगातार म्यासेज गर्दै उनको स्वास्थ्यको बारेमा सोधिरहेका छन् ।
हिमांशीले आफ्ना फ्यानका लागि सामाजिक सञ्जालमा प्रायः तस्विर र भिडियो शेयर गर्छिन् । मुसलधारे पानीमा फिल्मको एक दृश्यका लागि अभिनेत्री हिमांशी खुरानाले रोमानियामा सुटिङ गर्नुपरेको स्रोतबाट जानकारी प्राप्त भएको छ ।
अभिनेत्री शुटिङ गर्दा माइनस ७ डिग्री सेल्सियस तापक्रम थियो । जसका कारण हिमांसीलाई उच्च ज्वरो आएको थियो र चिसोका कारण उनको नाकबाट रगत आउन थाल्यो ।
हिमांशीलाई ज्वरो आए पनि उनले लगातार सुटिङ गरिरहेकी थिइन्, जसका कारण उनको स्वास्थ्य यति बिग्रियो कि एक्कासी नायिकाको नाकबाट धेरै रगत बग्न थाल्यो । हिमांशीको अवस्था यति बिग्रियो कि उनलाई तत्काल अस्पताल भर्ना गर्नुपरेको थियो । ‘बिग बोस १३’ फेम हिमांशीले केही समयअघि ‘बिग बोस’ घरमा नकारात्मक वातावरणका कारण आफू डिप्रेसनमा गएको बताएकी थिइन् ।
बिग बोसको घरबाट बाहिरिएपछि पनि उनले दुई वर्षसम्म डिप्रेशनको सामना गर्नुपरेको थियो । यसपछि उनलाई पटकपटक प्यानिक अट्याक पनि भयो । जसका कारण हिमांसीलाई पटक पटक अस्पताल भर्ना गरिएको थियो ।





















Discussion about this post