धार्मिक मान्यता अनुसार महाशिवरात्रि पर्वलाई पनि प्रमुख चाडहरू मध्ये एक मानिन्छ। पर्व यस वर्ष १८ फेब्रुअरी २०२३, शनिबार परेको छ। कुम्भ राशिमा दुई शत्रु ग्रहको युती हुने भएको छ।
वैदिक ज्योतिषमा सूर्यलाई शनिको शत्रु मानिन्छ। यदि कुनै व्यक्तिको कुण्डलीमा सूर्य-शनिको योग बन्यो भने व्यक्तिले जीवनमा सङ्घर्षको सामना गर्नुपर्ने हुन्छ।
शनि र सूर्यको संयोजन पनि ग्रहहरुको राशि परिवर्तनमा महत्त्वपूर्ण घटना मानिन्छ।
सन् २०२३ फेब्रुअरी १३ मा सूर्य शनिको राशि कन्या राशिमा प्रवेश गर्दैछ। शनि सन् २०२३ जनवरी १७ मा कुम्भ राशिमा प्रवेश गर्नेछ। यी दुई ग्रहको मिलन मार्च १४ तारिखसम्म सम्म रहनेछ । यसपछि सूर्यदेव मकर राशिमा प्रवेश गर्नेछन्। शनि र सूर्यको यस संयोगबाट कुन-कुन राशिलाई शुभ हुनेछ जान्नुहोस्?
मेष राशि
मेष राशिको कुण्डलीको पाँचौँ घरको स्वामी सूर्य र दसौँ घरको स्वामी शनि हुन्। मेष राशिका लागि यी दुई ग्रहको मिलन शुभ रहनेछ। यी दुई ग्रहको मिलनले मेष राशिका व्यक्तिलाई आम्दानीमा वृद्धि हुनेछ। समाजमा मान सम्मान बढ्नेछ । कुनै नयाँ कामको थालनी गर्न सकिनेछ।
कन्या राशि
कन्या राशिका लागि सूर्य १२ औँ घरको स्वामी हुन् भने शनिलाई पाँचौँ र छैटौँ घरको स्वामी हुन्। यी दुई ग्रहको संयोग कन्या राशिको छैटौँ घरमा हुनेछ । शनि-सूर्य युतीको प्रभावले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई शुभ फल मिल्नेछ। काम गर्नेलाई नयाँ कामको प्रस्ताव मिल्न सक्छ । प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका व्यक्तिले सफलता हात पार्न सक्छन्।
धनु राशि
धनु राशिका लागि सूर्य नवौँ, शनि दोस्रो र तेस्रो घरको स्वामी हो। यी दुई ग्रहको संयोग धनु राशिको तेस्रो घरमा हुनेछ। यस अवधिमा धनु राशिका व्यक्तिको साहस र पराक्रम बढ्नेछ। यात्रामा लाभको सम्भावना छ । वाणीको प्रभावले कार्यमा सफलता मिल्नेछ । भाग्यले साथ दिँदा केही काम बन्नेछ। परिवारसँग राम्रो समय बित्नेछ।
















Discussion about this post