दुई वर्षअघिसम्म यातायात कार्यालय र मालपोत कार्यालयमा खुट्टा टेक्नेसमेत ठाउँ हुदैँन थियो तर अहिले यी दुवै कार्यालय सुनसान देखिन्छ । न कोही जग्गा किन्ने मान्छे नै हुन्छ न कुनै गाडी किन्ने ।
दिनहुँ हजारौँ घरजग्गा नामसरी हुने मालपोत कार्यालयमा अहिले दिनमा एकदुई वटासमेत घरजग्गा नामसरी हुदैँन । त्यस्तै, यातायात कार्यालयमा पनि यँही नै भइरहेको छ । बजारमा घरजग्गा, सवारीसाधन बेच्नेहरु यत्तिकै छन् तर किन्ने कोही छैन ।
तीन वर्षअघिसम्म मानिसहरुले आनाको ५० लाखमा किनेको जग्गा महिनादिनपछि आनाकै ६० लाखमा बिक्रि हुन्थ्यो । यसरी महिनादिन नबित्दै जग्गाको मूल्य यत्रो बढ्थ्यो ।
तर अहिले ६० लाखमा किनेको जग्गा त्यसको आधा मूल्यमा बेच्छुभन्दा पनि बिक्री हुदैँन । त्यस्तै, सवारीसाधनहरु पनि किनेको आधा मूल्यमा बिक्री गर्छुभन्दा पनि किन्ने मान्छे छैन । यता सेयरमा पनि यँही रित चलिरहेको छ ।
एक कित्ता सेयर ३२ सय हालेर किनेको सेयर अहिले सस्तोमा बेच्छुभन्दा पनि बिक्री हुदैँन जो मानिसले घरजग्गा, गाडी र सेयर वित्तिय संस्थामा धितो राखेर कर्जा लिए तर अहिले लिएको कर्जाको ब्याज र साँवा नै उनीहरुले डेढ वर्षदेखि तिर्न नसकेको सुनिन्छ ।
यता वित्तिय संस्थाले धितो राखेर दिएको कर्जाको धितोको मूल्य दिनप्रति दिन घटिरहेको छ । उता वित्तिय संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज नै बढिरहेको छ ।
दुई दशकअघिसम्म वित्तिय संस्था तथा सहकारीहरुले आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । व्यापारीहरुले पनि वित्तिय संस्थाबाटै कर्जा लिएर घरजग्गा, गाडी र सेयर महंगोमा बेचेर ठग्ने काम गरे । त्यसबेला आनाको २ लाख नपर्ने जग्गा अहिले वा तीन वर्षअघिसम्म आनाकै ९० लाखमा बिक्री गरियो ।
यसरी घरजग्गाको मूल्य बढ्नुको मुख्य कारण नै वित्तिय संस्था हो । वित्तिय संस्थाहरुले बुझ्रदैनबुझी घरजग्गामा लगानी गरे त दलालीहरुले त्यसैको फाइदा उठाएर सर्वसाधारण ठगे । त्यस जग्गाको सरकारी रेट भने आनाको १ लाख थियो तर किनबेच भने ९० लाखमा हुन्थ्यो ।
यता घरजग्गाको मूल्य यसरी नै बढिरहन्छ भनेर सर्वसाधारणदेखि वित्तिय संस्थासम्मैले आँखा चिम्लेर लगानी गरे तर अहिले डुबे । अहिले जतिपनि मानिसहरुको घरजग्गा छ, त्योमध्ये ९५ प्रतिशत मानिसहरुको घरजग्गा बैंक, फाइन्स र सहकारीको नाममा रोक्का छ । वित्तिय संस्थाहरुले पनि सर्वसाधारणले संस्थामा डिपोजिट गरेको रकममध्ये ९० प्रतिशत लगानी घरजग्गामा गरेका छन् ।





















Discussion about this post