तुनिषा आत्मह’त्या प्रकरण : शिजनले अर्की केटीसँग डेट गरिरहेको प्रहरीको भनाई

टिभी अभिनेत्री तुनिषा शर्मा आत्मह’त्या प्रकरणमा प’क्राउ परेका शिजन मोहम्मद खानको अर्की प्रेमिका रहेको खुलासा भएको छ । प्रहरीले खानको अर्की प्रेमिका फेला पारेको बताएको हो ।

प्रहरीले उनलाई अहिलेसम्म सोधपुछ गरेको छैन । प्रहरीले पहिले तुनिषाको परिवारलाई सोधपुछ गर्नेछ । त्यसैगरी तुनिषाकी आमा विनिता शर्माको बयान पनि लिइनेछ । तुनिषाले २४ डिसेम्बरमा सुटिङ सेटमा झुण्डिएर आत्मह’त्या गरेकी थिइन् ।

तुनिषाले आत्मह’त्या गरेको केही घण्टापछि उनकी आमाको उजुरीको आधारमा उनको सहकलाकार शीजान मोहम्मद खानलाई प्रहरीले प’क्राउ गरेको थियो । आत्मह’त्या दुरुत्साहन मुद्दा दर्ता गरेपछि शिजनलाई चार दिनको प्रहरी हिरासतमा पठाइएको छ ।

वलीव पुलिसले शीजनको फोनबाट व्हाट्सएप च्याट र रेकर्डिङहरू रिट्रभ गरेको छ। उनीहरूले सबै च्याट स्क्यान गरेका छन् । शिजन र तुनिषाबीच भएको कुराकानीमा प्रहरीले केही गलत वा शंकास्पद कुरा फेला पारेन । तर, प्रहरीले अहिलेसम्म तुनिषाको फोन अनलक गरेका छैनन् ।

प्रहरीमा बयानका क्रममा शिजनले पटक–पटक बयान फेर्दै आएको स्रोतको दाबी छ । यसबारे कुरा गर्दै उनले थपे, ‘शिजनका सबै बयान क्यामेरामा रेकर्ड भइरहेका छन् । ब्रेकअपको कारण सुरुमा धर्ममा मतभेद भएको कुरा गरेका थिए ।

पछि शिजानले अहिले आफ्नो करियरमा ध्यान केन्द्रित गर्न चाहेको भन्दै तुनिषासँग ब्रेकअप गरेको दाबी गरिरहेका छन् ।’ प्रहरीले शिजनको म्याद थप गर्न आज अदालतमा निवेदन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित