जबर्जस्ती गाँजा खुवाएकाे भन्दै भुवनका प्रोडक्सन म्यानेजर गणेशमाथि अभिनेत्री साम्राज्ञीको गम्भीर आरोप

अभिनेत्री साम्राज्ञी शाहले फिल्म प्रोडक्सन म्यानेजर गणेश सापकोटाले आफूलाई जबर्जस्ती गाँ’जा खुवाएको गम्भिर आ’रोप लगाएकी छिन्। साम्राज्ञीले कार्यक्रम ‘द प्रकाश सुबेदी शो’ मा सो आ’रोप लगाएकी हुन्।

उनले कोभिड १९ को समयमा आफू दु’र्व्यवहारमा परेको र नायक नायिकालाई गर्ने व्यवहारमा फरक भएको अभिव्यक्ति दिएकी थिइन्। आफूलाई समयमा खाना नदिएकोदेखि बस्ने ठाउँ नभएकोसम्म उनको भनाई थियो। उक्त फिल्मको प्रोडक्सन म्यानेजर थिए, सापकोटा।

भुवन केसीले बनाएका प्रायः फिल्मको प्रोडक्सन उनै सापकोटाले हेर्दै आएका थिए। साम्राज्ञीको यो आरोपको जिम्मेवारी यिनै सापकोटा थिए। गत हप्ताको सुबेदीको कार्यक्रममा विभिन्न व्यक्तिको फोटो सहित कुन रूपमा चिन्नुहुन्छ नामको सेगमेन्ट आयो। जसमा यिनै सापकोटाको फोटो पनि थियो।

मनको कुरा नलुकाई बोल्ने अभिनेत्रीको रूपमा पहिचान बनाएकी उनले गणेशलाई एक नम्बरको गँजेडी भएको आरोप मात्र लगाइनन्। १७ वर्षको उमेरमा आफूलाई गाँ’जा खुवाएको भन्दै अपराधीको संज्ञा समेत दिइन्। प्रहरीले खोजिरहेको तर भाग्दै हिँडेको समेत उनको दाबी छ। तर गणेश किन भागिरहेको भन्ने उनले खुलाइनन्।

१७ वर्षको किशोरीलाई गाँ’जा खुवाउनु नेपाली कानुन अनुसार दण्डनीय अ’पराध हो। के गणेशले त्यस्तै गरेका हुन् त ? यस विषयमा उकेराले गणेश सापकोटालाई सम्पर्क गर्न खोज्यो तर सम्पर्क हुन सकेन।

गणेशसँग सम्पर्क हुन नसकेपछि, दुई वर्षअघि उनले ‘ब्युटी न्युज नेपाल’ नामको युट्युबमा यसै विषयमा अन्तरवार्ता दिएका रहेछन्। जसमा उनले साम्राज्ञीलाई दालभात मात्रै हैन रक्सी र गाँजा समेत खुवाएको खुलेआम स्वीकार गरेका छन्।

उनले भनेका छन्’ राती १० बजे ढोका ढकढक गर्दै गाँ’जा माग्न आउँथिन्। म त म्यानेज गर्ने मानिस, म्यानेज नगर्दिए काम नगर्दिलिन् भनेर ड्राइभर खलासीहरूसँग गाँजा मागेर खुवाएको छु।’

यसरी हेर्ने हो भने, साम्राज्ञीले गाँ’जा से’वन गरेको र गणेशले व्यवस्थापन गरिदिएको पुष्टि हुन्छ। तर धेरै वर्षअघिको केशका लागि अहिले प्रमाण भने नपुग्ने लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता योगेन्द्र कुमार खड्का बताउँछन्।

उनले भने,’ ला’गु औषध ऐन अनुसार गाँजाजन्य पदार्थ सेवन गर्न, बिक्री वितरण, उत्पादन केही गर्न मिल्दैन। यसको हद’म्याद छैन तर मुखले बोलेर मात्रै प्रमाण पुग्दैन। सेवन गरेको कुराको प्रमाण हुन जरुरी छ। प्रमाण भए कारबाही हुन्छ। ‘

ला’गु औषध अनुसन्धान ब्युरो र नेपाल प्रहरी मिलेर यतिबेला मापसे (मादक पदार्थ सेवन) जस्तै लापसे (लागु पदार्थ सेवन) जाँचको सुरुवात गरेको छ। जसमा मेडिकल टिम पनि संलग्न छ। यसरी जाँच गर्दा प्रमाण फेला परे या रंगेहात पक्राउ परेमा कारबाही हुने हो।

योगेन्द्र कुमार खड्काका अनुसार, साम्राज्ञी र गणेशको केसमा, गाँजा म्यानेज गर्दिन्थे भन्नु नैतिक धरातल कमजोर हुनु हो। नेपालको कानुन अनुसार अपराध भन्ने थाहा हुँदाहुँदै यस्तो भन्नु गलत कार्यमा सहयोग गर्नु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित