रबि लामिछानेले श्रीमती निकिता पौडेलको जन्मदिनमा शुभकामना दिदै लेखे मनछुने शब्द

श्रीमती निकिता पौडेलको जन्मदिनको शुभकामना दिँदै सामाजिक सञ्जालमा रबि लामिछानेले लेखेका छन् -‘ मलाई थाहा छ, मेरो सफलताको लागि तिमीले आफ्ना कयौं सपना कतै लुकाएकी छौ।

आफ्नो परिवारको त्यति ठूलो ब्यापारीक विरासत, विश्व विख्यात युनिभर्सिटीको उच्च शैक्षिक योग्यता,उच्च अहोदाको सरकारी सेवा अनुभव, १५ वर्ष देखि एक प्रख्यात संचार माध्यमको संचालन जस्ता कयौं योग्यता र क्षमता आफैसँग हुदा हुदै पनि मेरै सफलतालाई तिमीले आफ्नो लक्ष बनायौ । आज तिम्रो जन्मदिनको अवसरमा म तिम्रो सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दछु । सबै देवी देवताले तिम्रो रक्षा गरून्।’

यो पनि: धेरै काम गर्नुछ दिल खोलेर खबरदारी गरिदिनुहोस् – गृहमन्त्री रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुको कामको तारिफ गर्न कन्जुस्याइँ गरे पनि दिल खोलेर खबरदारी गर्न अनुरोध गर्नुभएको छ । आफूलाई बधाई तथा शुभकामना दिनेहरुलाई सामाजिक सञ्जाल फेसबुकमार्फत् धन्यवाद दिँदै लामिछानेले खबरदारी गरिरहन अनुरोध गर्नुभएको हो ।

उहाँले कानुन अनुसार हुने काममा मन्त्रीलाई नै भेट्नुपर्ने आवश्यकता नरहेको भन्दै गृहमन्त्रालयका कर्मचारीहरु काम गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेका बताउनुभएको छ । यस्तै, उहाँले अब भेटघाट, फूलमाला, खादा, गम्छाको सिलसिलालाई रोकेर निरन्तर काममा लाग्नु पर्ने बेला आएको पनि बताउनुभएको छ ।

आफूले जिम्मेवारीलाई इमानदारितापूर्वक निर्वाह गर्ने भन्दै लामिछानेले लेख्नुभएको छ ‘जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ र बाल्यकालदेखि आजसम्म मैले आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतिज्ञा गरेको एउटै चिज इमानदारी हो।’

जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ र बाल्यकाल देखि आजसम्म मैले आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतीज्ञा गरेको एउटै चिज इमानदारी हो।

सम्पुर्ण माध्यमबाट प्राप्त बधाई शुभकामनाहरुका लागि यहिँ बाट धन्यवाद ट्क्र्याएको छु। अब भेटघाट, फुलमाला, खादा,गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नु पर्ने बेला आएको छ।

हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन। हाम्रा कर्मचारी साथीहरु तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिवद्द छन्। हामी, हुने कामलाई यति समय भित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा छौं।

हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला। जीवनमा आलोचक साथीहरू छन् र त सुखद यात्राहरु सम्भव भए। अबको यात्रामा पनि यसैगरी सघाउनु होला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित