नयाँ वर्ष २०२३ को पहिलो दिन गर्नुहोस् यस्ता काम, सुख शान्तिले बित्नेछ पुरा वर्ष !

सबैको कामना हुन्छ की नयाँ वर्षले सबैको जीवनमा खुसी ल्याओस्। वर्षभरि सुख, समृद्धि र वैभवको कामना गर्दै नयाँ वर्षको पहिलो दिनको सुरुवात पनि केही विशेष मानिन्छ।

नयाँ वर्षको पहिलो दिन वास्तुमा उल्लेख गरिएका यी उपाय अपनाएर सुरु गर्नुहोस्। जान्नुहोस् नयाँ वर्षको पहिलो दिन गरिने केही विशेष उपाय नयाँ वर्षको पहिलो दिन घरलाई राम्ररी सफा गर्नुहोस्। गंगा जलमा बेसार पानीमा घोलेर सुपारीको पातले घर वा प्रतिष्ठानमा छर्कनुहोस् ।

यसो गर्दा वर्षभर घरमा लक्ष्मीको वास हुनेछ र सदा सुख शान्ति रहनेछ। घरमा गंगा जल छर्कनेले नकारात्मक ऊर्जा हट्छ। नयाँ वर्षको पहिलो दिन घरमा तुलसीको बोट वा मनी प्लान्ट रोप्नुहोस् र घरमा मयूरको प्वाँख ल्याउनुहोस्।

नयाँ वर्षको पहिलो दिन घरको मुख्य ढोकामा चाँदीबाट बनेको स्वस्तिक लगाउनुहोस्। नयाँ वर्षको पहिलो दिन मुरली बजाइरहेको भगवान कृष्णको मूर्ति घरमा ल्याउनुहोस्। नयाँ वर्ष पहिलो दिन घरको भित्ताबाट पुराना पात्रो हटाउनुपर्छ । नयाँ वर्षमा घरमा वि:न्ड चाइम पनि राख्न सकिन्छ, त्यसबाट निस्कने आवाजले सकारात्मक ऊर्जा दिन्छ।

नयाँ वर्षको पहिलो दिन कसैसँग ऋण नलिनुहोस्। यस दिन गहुँ दान गर्नुहोस्। नयाँ वर्षको पहिलो दिन घरमै सेतो रङको श्री गणेशको मूर्ति स्थापना गर्न सकिन्छ। नयाँ वर्षको पहिलो दिन घरमा सङ्ख किनेर ल्याउनाले समृद्धि प्राप्त हुन्छ ।

नयाँ वर्षको पहिलो दिन माता लक्ष्मीको मूर्ति अगाडि सुद्ध गाईको घिउको दियो बाल्नुहोस् । नयाँ वर्षको पहिलो दिन माता लक्ष्मीलाई पाँचवटा कमलको फूल चढाउनुहोस्। नयाँ वर्षको पहिलो दिन खाँचोमा परेकाहरूलाई सखर दान गर्नुहोस्। नयाँ वर्षको पहिलो दिन बोटबिरुवामा पानी हाल्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित