घरमा किनेर ल्याउनुहोस् यी ५ चिज, माता लक्ष्मीको साथै हुनेछ श्री विष्णुको कृपा दृष्टि !

आज वर्ष सन् २०२३ को पहिलो दिन, वर्षको पहिलो दिन गरेको कामको फल वर्ष भरी नै हुने मान्यता रहेको छ । यही कारणले गर्दा सबैले वर्षको पहिलो दिन खुसी र शान्तिपूर्वक बिताउन चाहन्छन्।

जसले गर्दा उनको घरमा वर्ष भरी सुख-समृद्धि रहोस्। आज हामी ती चिजको बारेमा बताउने छौँ, जसलाई वर्षको पहिलो दिन घरमा ल्याएमा माता लक्ष्मीको आशीर्वाद वर्षभरि नै रहन्छ। जान्नुहोस् ती चीजहरू के-के हुन्?

स्फटिक माला स्फटिक शुक्र ग्रहसँग सम्बन्धित मानिन्छ। यो माता लक्ष्मीको महिमाको प्रतीक हो। आज स्फटिकको माला ल्याएर माता लक्ष्मीको चरणमा अर्पण गर्नुहोस्। यसो गर्नाले देवी लक्ष्मी प्रसन्न भई आफ्नो भक्तलाई आशीर्वाद दिन्छिन्।

चार मुखी घिउको दियो लक्ष्मीको पूजा गर्न उनको मूर्तिको अगाडि घ्यूको दियो बाल्नु पर्छ। यसका लागि वर्षको पहिलो दिन चार मुखी दियो ल्याउनुपर्छ। साँझमा विधिपूर्वक माता लक्ष्मीको पूजा गरेपछि घरमाको मन्दिरमा त्यस दियोलाई प्रज्वलन गर्नुपर्छ।

श्रीहरि विष्णु माता लक्ष्मी विश्वका स्वामी भगवान् विष्णुकी पत्नी हुन् । जहाँ भगवान् विष्णुको बास हुन्छ, त्यहाँ माता लक्ष्मीको वास हुन्छ। त्यसैले आज भगवान् विष्णु र माता लक्ष्मीको मूर्ति ल्याएर घरमा बनेको मन्दिरमा स्थापना गर्नुहोस् । यसले परिवारको आर्थिक अवस्था बलियो बनाउँछ।

गुलाबको सुगन्ध लक्ष्मीलाई गुलाबको फूल अति प्रिय हुन्छ । माता लक्ष्मीलाई दैनिक गुलाबको फूल अर्पण गर्नाले काम–व्यवसायमा उन्नति हुने तथा लिएको ऋण छिट्टै घट्न थाल्छ । यो उपाय गर्नाले रोगबाट मुक्ति मिल्छ र अधुरा काम पनि आफ्नो पक्षमा मिल्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित