को हुन् रविना देशराजका प्रेमी ?

सेलिब्रेटी बैंकर रविना देशराज नयाँ प्रेमीसँग घुमघाममा व्यस्त छिन्। दक्षिण अफ्रिकी टापु राष्ट्र मडागास्कार उनीहरु दुवैजना घुम्न व्यस्त छन्। मेगा बैंकको कामू सीईओबाट राजीनामा दिएर उनी नेपालबाट बाहिरएकी हुन्।

उनले अबको बसाई भारत हुने समेत बताइसकेकी छन्। उनले सामाजिक सञ्जालबाट आफ्नो प्रेमीको रहेको खुलस्त पारेकी थिइन् भने प्रेमीसँग नै घुमघाममा रहेको बताएकी छिन्।

उनका प्रेमी बेलायती नागरिक स्टुआर्ट अलेक्जेन्डर च्यापम्यान हुन्। गत हप्ता उनी बैंकबाट राजीनामा दिएर नेपालबाट बाहिरिएकी हुन्। तर उनी बाहिरिनु अघि उनले आफ्नो परिवारलाई समेत आफ्नो प्रेमी भेट गराएकी थिइन्।

उनी निकट एक बैंकर भन्छन्, ‘छोरा आयुस्मान देशराजको जन्म दिनको अवसरमा आफ्नो प्रेमीसँग भेट गराएकी थिइन्। पुस ४ गते साँझ परिवारीक भेटघाटमा आफ्नो प्रेमीलाई भेट गराइन्।’

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाँदै छ। मर्जरपछि पनि रविना देशराजलाई सिनियर डेपुटी सीईओको जिम्मेवारी दिने सहमति भएको थियो। तर उनले बैंर्कर पेशाबाट बाहिरिने निधो गरेकी थिइन्।

गत हप्ता मात्रै मेगा बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको थियो। उनी केही वर्षअघि देखि मेगा बैंकको डेपुटी सीईओ थिइन। मेगा बैंकको सीईओ अनुपमा खुञ्जेलीको कार्यकाल सकिएपछि उनलाई सीईओको जिम्मेवारीसमेत दिइएको थियो। उनी ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन्। उनीसँग स्ट्याण्डर्ड चार्टर्ड, नबिल र मेगा बैंकमा काम गरेको अनुभव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित