चार सन्तानकी आमा ज्वाईंको प्रेममा, श्रीमान् छोडेर उनैसँग भागिन्

राजस्थान । भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमले केही हेर्दैन । त्यसैले प्रेमसँग सम्बन्धित यस्ता थुप्रै घटनाहरु छन्, जसले धेरैलाई चकित पारेको छ । यस्तै चकित पारिदिने अर्को घटना सार्वजनिक भएको छ । घटना भारतको राजस्थानको हो ।

राजस्थानको सिरोहीमा ज्वाईं र सासुबीच प्रेम बस्यो । यी दुई एक–अर्काको प्रेममा यति लिप्त भए कि दुबैजना घरबाट भागे । ज्वाईंविरुद्ध ससुराले सासु भएको भन्दै उजुरी दर्ता गरेका छन् ।

प्रहरीले उजुरी दर्ता गरेर यी दुईको खोजी कार्य गरेका छन् । भारतीय स वास्तवमा सिरोही जिल्लाको अनादरा थाना क्षेत्रको सियांकारा गाउँमा बस्ने रमेश जोगीले थानामा गएर रिपोर्ट दर्ता गरेका छन् ।

उनले प्रहरीलाई उनकी छोरीका श्रीमान् (ज्वाईं) ले उनकी श्रीमती (सासु) लाई भगाएको भन्दै उजुरी दिएका छन् । रमेशले दिएको जानकारी अनुसार छोरीको विवाह नजिकैको मामावली गाउँमा बस्ने नारायण जोगीसँग भएको थियो ।

सुरुमा रक्सी पिए र सासुलाई भगाए: ज्वाईं नारायण ३० डिसेम्बरमा रक्सीको बोतल लिएर ससुराली पुगेको बताइन्छ । यहाँ नारायणले ससुरा रमेशसँग बसेर रक्सी पिए । रमेशका अनुसार अत्यधिक नसामा भएका कारण उनी निदाए ।

उनी भन्छन्, ‘बेलुका चार बजे आँखा खुल्दा मेरी श्रीमती र ज्वाईं नारायण घरमा थिएनन् । मैले सबैतिर उनीहरुलाई धेरै नै खोजेँ । तर केही पत्ता लाग्न सकेन । ’

यसबारे अनादरा थाना अधिकारी बलभद्र सिंहले भने, ‘रमेशकी श्रीमती ज्वाईंसँग ३० डिसेम्बरमा गायब भएकी थिइन् । रमेशले १ जनवरीमा श्रीमती हराएको भन्दै जानकारी दिएका छन् ।’

उनका अनुसार ज्वाईं नारायणले उनकी श्रीमतीलाई ललाई फकाई गरी आफ्नो साथमा लिएर गए । उजुरी दर्ता गरिएको छ । प्रहरीको टोलीले उनकी श्रीमती र ज्वाईंको खोजी गरिरहेको जानकारी दिएको छ ।

ज्वाईंसँगै हराएकी सासु तीन छोरी र एक छोरीकी आमा हुन् । सबैको विवाह भइसकेका ेछ । यस्तै, ज्वाईं नारायणको पनि तीन सन्तान छन् । नारायणले आफूसँग एक छोरी पनि लिएर गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित