७२ वर्षीया साबित्री बनिन् एशियाकै सबैभन्दा धनी महिला

भारतकी ७२ वर्षीया साबित्री जिन्दाल एशियाकै सबै’भन्दा धनी महिला बनेकी छन्। हरियाणाकी पूर्व मन्त्री र ओम प्रकाश (ओपी) जिन्डाल ग्रुपकी मानार्थ अध्यक्षसमेत रहेकी सावित्री एशिया’कै सबैभन्दा धनी महिला बनेकी हुन्।

उनले चीनकी अर्बपति याङ हुइयानलाई पछि पार्दै यसपालि पहिलो स्थान लिएकी हुन्। ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार उनीसँग ११ अर्ब ३० करोड अमेरि’की डलर बराबरको सम्पत्ति छ।उनका नौ जना छोराछोरीहरू छन्।

स्वर्गीय श्रीमान ओमप्रकाशले नयाँ दिल्लीमा स्थापना गरेको जिन्दाल ग्रुप उनले सञ्चालन गर्दै आएकी छन्। उनको कम्पनीले खानी उत्खनन, ऊर्जा उत्पादन, औद्योगिक ग्यास उत्पादन र बन्दरगाह सञ्चालन गर्दै आएको छ।

साबित्री भारतको धनी व्यक्तिहरूको सूचीमा भने १० औं नम्बरमा छिन्।जिन्दाल असमको तिन्सु’कियामा जन्मिएकी हुन्। सन् १९७० मा उनले ओमप्रकाशसँग विवाह गरेकी थिइन्। जसले सन् १९५२ मै जिन्दाल ग्रुप स्थापना गरेका थिए।

ओमप्रकाशको मृ,त्यु भएपछि साबित्री यो ग्रुपकी अध्यक्ष बनिन्। सन् २००५ मा हेलिकप्टर दुर्घ:टनामा परेर ओमप्रकाशको मृ’त्यु भएको थियो। साबित्री जिन्दाल भारतीय राष्ट्रिय कंग्रेस पार्टीकी सदस्य पनि छिन्। उनी हरियाणा सरकारको मन्त्री र विधानसभा सदस्य समेत भइसकेकी छन्।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित