एकाएक किन रोकियो हास्यशृंखला ‘सक्किगोनि’को प्रसारण

चर्चित हास्यश्रृंखला ‘सक्किगो नि’को प्रसारण रोकिएको छ । सिरियलको १०० औं भाग प्रसारण भएपछि कार्यक्रम रोकिएको टेलिभिजन र उत्पादक संस्था जेपीटी क्रिएसनले जनाएका छन् ।

कलाकार अर्जुन घिमिरे पाँडेले टेलिभिजन व्यवस्थापनसँगै सल्लाह गरेरै कार्यक्रम केही सातालाई रोकिएको बताए । ‘टेलिभिजनले नै कार्यक्रमलाई निरन्तरता नदिने भनेपछि तत्काल सिरियलको प्रसारण रोकिएको पौडेलले बताए ।

२०७७ मंसिर १७ गतेदेखि यो श्रृंखला हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो । सिररियललाई कुमार कट्टेल जिग्री र पाँडेले संयुक्त रुपमा निर्देशन गर्दै आइरहेका थिए ।

सक्किगो नि’ पछिल्लो समय रुचाइएको थियो ।तीन वर्षको लागि गरिएको सहमतिअनुसार २०८० मंसिर १७ गतेसम्म सम्झौताको समयावधि रहेको समेत उनले जनाए ।

हिमालय टेलिभिजनले पनि आजदेखि ‘सक्किगो नि’को प्रसारण स्थागित भएको पुष्टि गरेको छ । नेपाली हास्यप्रधान टेली शृंखलाहरूमध्ये युट्युब च्यानलमा छोटो समयमा सबैभन्दा बढी पटक हेरेर रेकर्ड बनाएको सक्किगो नि टेली शृंखलालाई कुमार कट्टेल, अर्जुन घिमिरे र दीपक आचार्यले निर्देशन गर्दै आएका छन्।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित