भोलि पौष पूर्णिमा गर्नुहोस् यस्ता उपाय, हट्नेछ सबै आर्थिक समस्या !

धार्मिक मान्यता अनुसार पौष पुत्रदा एकादशी वा वैकुण्ठ एकादशीलाई निकै शुभ मानिन्छ। अहिले पौष पूर्णिमा माघको पहिलो साता परेको छ। यस्तो अवस्थामा माघ महिनामा लक्ष्मी माताको कृपा प्राप्त गर्ने विशेष संयोग बनिरहेको छ।

विशेष कुरा के छ भने ०६ जनवरी सन् २०२३ शुक्रबार पौष पूर्णिमा परेको छ। शुक्रबारलाई माता लक्ष्मीको लागि समर्पित मानिन्छ। यस्तो अवस्थामा पौष पूर्णिमाको महत्व कयौँ गुणा हुन्छ। शुक्रबार पर्ने पौष पूर्णिमाका दिन धन प्राप्ति गर्ने उपायहरु जान्नुहोस्-

धन सम्बन्धी समस्याबाट छुटकारा पाउन र धनी बन्न पौष पूर्णिमाको शुभ दिन माता लक्ष्मीलाई खीर चढाउनुपर्छ। माता लक्ष्मीलाई खीर असाध्यै मन पर्छ ।

यस शुभ दिनमा माता लक्ष्मीलाई प्रसन्न गर्न माता लक्ष्मीलाई प्रसन्न पार्न अष्टलक्ष्मी स्तोत्रको पाठ गर्नुपर्छ। अष्टलक्ष्मी स्तोत्रको पाठ गर्नाले घरमा सुख-समृद्धि आउँछ। धार्मिक मान्यता अनुसार दैनिक अष्टलक्ष्मी स्तोत्र पनि पाठ गर्न सक्नुहुन्छ।

धन लाभको लागि पौष पूर्णिमाको दिन ११ कौडालाई बेसार लगाई माता लक्ष्मीलाई अर्पण गर्नुहोस्। अर्को दिन यसलाई रातो कपडामा बाँधेर धनको स्थानमा राख्नुहोस्।

प्रत्येक पूर्णिमामा यी कौडाको पूजा गर्नुहोस्। यसो गर्नाले घरमा धन आर्जन हुने जनविश्वास रहेको छ। पूर्णिमाको दिन पीपलको रूखलाई जल चढाउनुहोस्। मिठाई आदि अर्पित गर्नुहोस्। यसो गर्नाले दाम्पत्य जीवन र घरमा सुख-समृद्धि आउने विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित