पाँचथर । समयमै अस्पताल लैजाने एम्बुलेन्स नपाउँदा पाँचथर कुम्मायक-२ की सुत्केरीको मृ’त्यु भएको छ ।
प्रसूतिपश्चात अत्यधिक रक्तस्रावका कारण जिल्लाको कुम्मायक गाउँपालिका २ मङजाबुङकी १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को बुधबार साँझ ज्यान गएको हो ।
पुस २० गते १० बजे स्वास्थ्य चौकी मङजाबुङमा प्रसूतिका लागि ल्याइएकी उनले ११:५५ बजे सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन् । मृतक किशोरीका श्रीमान् वैदेशिक रोजगारीका लागि गएका छन् ।
सँगै आएका आफन्तले अस्पताल लैजान गाडी खोजे पनि पर्याप्त समय नहुँदा अस्पताल पुर्याउन ढिलो भएको उनका आफन्तले बताएका छन् ।
पाँचथर अस्पतालका प्रमुख डा. बुद्धिबहादुर थापाले प्रसूतिपछि हुने अत्यधिक रक्तश्रावकै कारण उनको मृत्यु भएको बताए । जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रबाहेक पाँचथरका अन्य स्वास्थ्य संस्थामा प्रसूति सेवा उपलब्ध छैन ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।





















Discussion about this post