विवाहलाई सात जन्मको बन्धन मानिन्छ तर यो कुरा मन मिल्दा मात्र सम्भव हुन्छ तर मन मिल्दैन भने सम्बन्ध टुट्ने कगारमा पुग्छ।
सन् २०२२ मा पनि धेरै सेलिब्रेटी अलग भए र अब २०२३ को सुरुमा अर्को एक चर्चित भारतीय अभिनेताको जोडीको सम्बन्ध विच्छेद हुन् लागेको खबर आएको छ।
भारतीय मिडिया रिपोर्टको अनुसार भारतको साउथका सुपरस्टार थलपती विजय पत्नी संगीतासँग अलग हुन लागेका छन्। यो खबरले अभिनेताको सबै फ्यानलाई अचम्मित बनाएको छ। उनीहरुको विवाह भएको धेरै वर्ष भइसक्यो र सामाजिक रुपमा उपस्थित हुँदा उनीहरुबीच निकै प्रेम निकै प्रगाड देखिन्थ्यो।
थालापथी विजय र संगीताको विवाह भएको २३ वर्ष भइसकेको छ र यति वर्षमा पहिलो पटक उनीहरुको बारेमा यस्तो खबर सुनिएको हो। यसअघि यी दुईबीच प्रेम मात्र देखिएको थियो।
फिल्म निर्माता एट्लीकी श्रीमतीको बेबी शावर समारोहमा विजय एक्लै थिए भने विजयको फिल्मको म्युजिक लन्चमा पनि संगीता उनीसँगै देखिएनन्। त्यसैले उनीहरु अलग भएको अड्कलबाजी सुरु भएको हो। अब यी समाचारमा कति सत्यता छ, त्यो समय आएपछि मात्र थाहा हुनेछ।
अभिनेता विजय र उनको श्रीमतीको पहिलो पटक सन् १९९६ मा भेटेका थिए । संगीता विजयको फ्यान थिइन् । उनी बेलायतमा थिइन् तर उनलाई भेट्न विशेष रूपमा चेन्नई आएकी थिइन् । उनी विजयको अभिनयको फ्यान थिइन् ।
अन्ततः यी दुईको भेट भयो र त्यसपछि प्रेम सम्बन्ध, त्यसपछि उनीहरुले ३ वर्ष प्रेम सम्बन्धमा रहेपछि विवाह गरेका थिए । वैवाहिक जीवनको २३ वर्ष खुसीसाथ बिताएपछि अहिले उनीहरुसँग सम्बन्धविच्छेदको खबरले सबैलाई चकित बनाएको छ । यतिबेला विजय आफ्नो फिल्म वारिसुको प्रमोशनमा व्यस्त छन्।





















Discussion about this post