यदि काममा बाधा परेको छ भने आज गर्नुहोस् यस्ता उपाय, हरेक काममा हुनेछ सिद्ध !

धार्मिक मान्यता अनुसार यदि काममा बाधा परेको छ भने हनुमानको पूजा गरी हनुमान चालिसाको पाठ गर्नाले बिग्रिएको काम पुरा हुन थाल्छ। यसका साथै हनुमान चालिसामा यस्ता धेरै श्लोकहरू छन्, जसको जपले समस्या समाधान गर्न सकिन्छ।

पहिलो छन्द: “बल बुद्धि विद्या देहु मोहि हरहु क्लेष विकार”- यस दोहोरीको अर्थ हो कि हे पवनकुमार, मलाई शारीरिक शक्ति, बुद्धि र ज्ञान दिनुहोस् र मेरो दुःख र दोषहरू नष्ट गर्नुहोस्। यदि तपाईको मन पढाइमा छैन वा कुनै कुराको लागि चिन्तित हुनुहुन्छ भने यो मन्त्र जप गर्न सक्नुहुन्छ। यो जप गर्नाले मनको शान्ति मिल्नेछ।

दोस्रो छन्द : “नासै रोग हरै सब पीरा जपत निरंतर हनुमत बीरा”- यस दोहोरीको अर्थ हो कि हे प्रभु मेरा सबै रोगहरू हटाइदिनुहोस्। यदि तपाई प्रायः बिरामी हुनुहुन्छ वा घरमा कोही बिरामी हुनुहुन्छ भने दिनमा दुई पटक हनुमान चालिसाको पाठ गर्नु पर्छ। यसो गर्नाले सबै रोगबाट मुक्ति मिल्नेछ।

तेस्रो छन्द: “भूत पिशाच निकट नहीं आवे महावीर जब नाम सुनावे”- यदि तपाइँको मनमा कुनै प्रकारको डर छ वा तपाइँ भूत र पिशाच जस्ता दुष्ट शक्तिहरु देखि डराउनुहुन्छ भने, हनुमान चालिसा को यो श्लोकले तपाइँको सबै डर हटाउनेछ।

चौथो छन्द : “भीम रूप धरि असुर संहारे, रामचंद्र के काज संवारे”-यदि तपाईको काममा बारम्बार समस्या उत्पन्न हुन्छ, वा काम बिग्रन्छ भने यो श्लोकको जप गर्नुपर्छ। यसले तपाईंको सबै काममा शुभ परिणाम मिल्नेछ।

पाँचौँ छन्द: “संकट कटे मिटे सब पीरा जो सुमिरै हनुमत बलबीरा”- यदि ठूलो सङ्कटको सामना गर्नु भएको छ र लाखौँ प्रयास गरेर पनि समाधान हुन सकेको छैन भने यो मन्त्र जप गर्न सक्नुहुन्छ। जसको अर्थ ‘हे बजरंगबली, जसले तिम्रो प्रशंसा गर्छ, उसलाई सबै दुःखबाट मुक्त गर।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित