क्रिस्टियानो रोनाल्डो यति बेला लामो समय पछि युरोपेली फुटबलबाट टाढा भएका छन्। झन्डै दुई दशकपछि रोनाल्डो युरोपेली फुटबलबाट टाढा भएका हुन्।
रोनाल्डो यति बेला युरोप छाडेर एसिया तर्फ हानिएका छन्। रोनाल्डो कसैले नसोचेको साउदी अरेबियाको एक क्लबमा छन्। रोनाल्डो सन् २०२२ को अन्त्य साउदी क्लब अल-नासरसँग आवद्ध भएका हुन्।
उनी सो क्लबमा आवद्ध हुनु भन्दा अगाडी सायदै उनी साउदी जान्छन् भन्ने सोचेका थिए। उनी साउदी जाने चर्चा चलेपनि धेरैले त्यसलाई पत्याउन सकिरहेका थिएनन्। तर सन् २०२२ को अन्त्यमा औंले साउदी क्लबसँग महँगो सम्झौता गरे।
रोनाल्डो साउदी पनि पुगिसकेका छन्। केहि दिन अगाडी मात्रै क्लबले रोनाल्डोलाई भव्य स्वागत गरेको थियो। उनलाई हेर्न हजारौं समर्थक जम्मा भएका थिए। रोनाल्डोलाई क्लबले सानदार तरिकाले स्वागत गरेको थियो।
यसैबीच साउदी क्लब अलनासरमा काम गरिसकेका एक प्रशिक्षकले साउदीमा रोनाल्डोलाई कठिन हुने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा अल-नासरका पूर्व प्रबन्धक ग्यालिसियन राउल क्यानेडाले रोनाल्डोलाई साउदीमा कठिन हुने बताएका हुन्।
क्यानेडाले फरक जीवन शैली र मौसमका कारण रोनाल्डोलाई साउदीमा धेरै कठिन हुने बताए। उनका अन्जुसर साउदीको जीवन शैली युरोपको भन्दा धेरै भिन्न छ र त्यसले रोनाल्डोलाई दुख दिन सक्छ।
“पोर्चुगिजहरूले के खोज्दैछन् भन्ने बारे म उत्सुक छु। साउदीमा स्वतन्त्रतामा धेरै परिवर्तन भएको छ। तर युरोपेलीहरूको जीवन शैली साउदीहरू भन्दा फरक छ। पश्चिमीहरूका लागि त्यहाँ बस्न धेरै कठिन छ।”,क्यानेडाले भने।
क्यानेडाका अनुसार रोनाल्डो साउदीको मौसमका कारण निस्सासिन सक्छन्। साउदीको मौसमका कारण राति-राति प्रशिक्षण गर्नुपर्ने र त्यसले रोनाल्डोलाई असहज बनाउन सक्ने क्यानेडाको भनाई छ।
उनले भने,”त्यहाँको मौसम पनि युरोप भन्दा भिन्न छ। जसकारण राति-राति ट्रेन गर्नुपर्ने हुन्छ। अल-नासरसँग धेरै राम्रो प्रशिक्षण संरचनाहरू छन्। तर पनि त्यहाँको जीवनशैली केहि कठिन हुन सक्छ। एक सार्वजनिक व्यक्तित्वको रुपमा रोनाल्डोले निसास्सिएको महसुस गर्नुपर्नेछ”





















Discussion about this post