गृहमन्त्री लामिछानेले भनेः म सधै ट्राफिक वत्तिमा लाईन बसेर नै यात्रा गर्छु

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मेरो भन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न आएको बताएका छन्। शुक्रबार राति सामाजिक सञ्जालमा लेख्दै उनले आफूले बोलेका कुरा इमानदारीका साथ पुरा गर्ने प्रतिबद्धता जनाएका हुन्।

लामिछानेले उपप्रधान तथा गृह मन्त्रीमा नियुक्त भएलगत्तै आफ्नो सुरक्षामा खटिएका प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायव निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी राखेको र अगुवा पछुवाको सुरक्षाकर्मी तथा गाडी पनि घटाएको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस यस्तो छ।

नागरिकलाई सुरक्षित महसुश हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा, म मात्र उच्च सुरक्षा घेरामा हिडडुल गरेर नागरिकको अपेक्षा पुरा हुँदैन। म मेरो भन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ। म आफुले बोलेका कुरा इमान्दारिताका साथ पुरा गर्नेछु।

–उपप्रधानमन्त्री एंव गृहमन्त्रीको नियुक्ति लगत्तै मैले मेरो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरिक्षक (सई)को नेतृत्व सुरक्षाकर्मी राखेको छु।

–उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा(पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु। भै परि आउदाको परिस्थितिलाई अपबाद मानिदिनु होला।

–सडक नियमको पुर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागु गराउने निकायको नेतृत्व गर्ने म सधै ट्राफिक वत्तिमा लाईन बसेर नै यात्रा गर्छु र सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिवद्ध छु। कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफनो कार्यकाल भरी नै यी नियम पालना गर्छु।

–साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्ने प्रवृतिको म सधै आलोचक हुँ,आकस्मिक अवस्थामा बाहेक मबाट यस्तो गतिविधि हुँदैन।

–व्यक्तिगत कामकालागि कतै जानु परेमा वा विदाका दिनमा म आफ्नै सवारीसाधन प्रयोग गर्छु र यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नु परेमा त्यसको हिसाव राज्यलाई बुझाउने छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित