बिहान उठ्ने बित्तिकै गर्न नहुने १० काम

बिहानीले दिनको संकेत गर्छ भने झै बिहान गरिने क्रियाकलाप अनुसार मानिसको दैनिकी सहज र असहज भन्ने थाहा हुन्छ । त्यसैले आजैबाट तपाईंले आफूलाई सहजताका लागि बहसमा राख्नुहोस ।

तपाईले अपनाउने यो सतर्कताले तपाईलाई नै फाइदा पुग्ने छ । ध्यान दिनुहोस बिहान उठ्ने बित्तिकै यी कुरा गर्नु हुँदैन :

१. बिहान ढिलासम्‍म नसुत्नुस्। सूर्य उदाउनु अगाडि उठेको राम्रो ।
२. बिहानै मोबाइलमा कुरा नगर्नुहोस । बादविवाद गर्ने काम नगर्नुस्।

३.बिहान बिहान कसैमाथि रिस नदेखाउनुस्। कसैले काम बिगारेको छ भने नम्र भएर/सकारात्मक भएर सम्झाउने गर्नुस्।
४. बिहान बिछ्यौनामै पल्टेर टीभी हेर्ने बानी आजैबाट छुटाउनुहोस ।

५. बिहान उठ्ने बित्तिकै ऐना नहेर्नु होला। धेरैको प्राय यही बानी छ। यसले तपाइको शरीरमा धेरै मात्रामा नेगेटिभ ऊर्जा, रोगको सम्भावना र भयको सम्भावना बढी शरीरमा उत्पन्‍न गराउँछ।

६. बिहान उठ्ने बित्तिकै घरको छत, बार्दलीमा गएर आफ्नो कमलो छाया वा अरु व्‍यक्तिको पनि हेर्दै नहेर्नुस्। छायाँ हेर्नाले पनि ऊर्जा नेगेटिभ बनाइदिन्छ तपाइको शरीरमा।

७.जनावरहरुको तस्बिर/फोटो रुममा राख्नु भएको छ भने कृपया हेरेर बस्ने काम नगर्नुस्। शास्त्रीय ढंगले जनावरहरुको तस्बिर हेर्न उचित मानिएको छैन बिहान।

८. दूध हालेको चिया खाँदै नखानुस्। यसले ग्‍यास्ट्रिक, ग्यास्ट्रिकले अल्सर अलसरले क्‍यान्सर हुन सक्छ।
९. मसलेदार खाना नखानुस्। खैनी चुरोट र चिया खाँदै हुनुहुन्छ भने यी कामहरु प्रयोगमा ल्‍याउँदै नल्याउनुस्।

१०.बिहान कालो चिया पिउनुस् वा तुलसीको पातको चिया। चिया चिनीको सट्टामा सख्खर प्रयोग गर्नुस्। नभए नगर्दा नि उत्तम हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित