चोर समात्न गएको प्रहरीमाथि जब तातो पानि र खुर्सानी फ्याकियो

वीरगञ्ज। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित मदरसा टोलमा मंगलवार राती नसरुदिन देवानको घरमा चोरी भएको घटना तुरुन्तै फैलियो । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी घटनास्थल पुग्यो ।

प्रहरीले चोरी भएको घरको मुचुल्का तयार गर्‍यो । देवानले आफ्नो घरमा भएको चोरीको आरोप छिमेकी रिजवाना खातुनमाथी लगाए । उनले प्रहरीसमक्ष उजुरी दिए ।

देवानको उजुरीपछि बुधवारइलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको प्रहरी टोली रिजवानाको घरमा पुग्यो । तर प्रहरीले न त सहजै रिजवानालाई भेट्न पायो न सहजै घरमा प्रवेश गर्न सक्यो ।

प्रहरी आफ्नो घरमा आएको थाहा पाउनासाथ रिजवानाले घरको ढोका खोल्न मानिनन् । ढोका खोल्न आग्रह गर्दा समेत रिजवानाले नमानेपछि बल प्रयोग गर्न प्रहरी बाध्य भयो । प्रहरीले बल प्रयोग गर्न थालेपछि रिजवाना र उनको परिवारका सदस्यले तातो पानी र खुर्सानी फ्याल्न सुरु गरे । त्यती मात्र नभई घरमाथीबाट ढुङ्गासमेत प्रहार गरे ।

रिजवानाको परिवारले ढुङ्गासहित तातो पानी र खुर्सानी फ्याल्न थालेपछि प्रहरी तितरवितर हुन पुगेको थियो । प्रहरीलाई भगाउन अनेक उपाय लगाएपनि अन्त्यमा प्रहरीले बल प्रयोग गर्दै रिजवानासहित चार जनालाई नियन्त्रणमा लियो ।

प्रहरीले ४० वर्षीया रिजवाना, उनको भाइ र दुई छोरालाई नियन्त्रणमा लिएको हो । चोरी आरोपमा उजुरी परेपछि अनुसन्धानका लागि पुगेका प्रहरीमाथी नै जाइलागेपछि प्रहरीले अभद्र व्यवहारमा मुद्धा प्रक्रिया सुरु गरेको छ ।

सिमरास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले रिजवानाको परिवारले प्रहरीलाई भगाउन अनेक प्रयास गरेपनि अन्त्यमा नियन्त्रणमा लिएर कारवाही प्रक्रिया सुरु गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित