जान्नुहोस् पूजाकोठामा पितृको तस्बिर राख्दा के हुन्छ ?

हिन्दू, धर्ममा विभिन्न मान्यताहरु छन् ।

जन्मदेखि मृत्युपर्यन्त पनि विभिन्न धार्मिक मान्यताहरुको पालना गर्नुपर्छ । विभिन्न चाडवाडमा मात्र होइन दैनिक कर्ममा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई महत्व दिइन्छ । यसैका लागि छुट्टै पूजा कोठाको निर्माण समेत गरिएको हुन्छ ।

केहीले पूजा कोठामा आफ्ना पितृहरुको तस्वीर समेत राख्ने गरेको पाइन्छ । तर, वास्तुशास्त्रले पूजाकोठामा पितृका तस्वीर राख्दा अनिष्ठ हुने बताउँछ । यसो गर्नाले परिवारमा कलह पैदा हुने वास्तुशास्त्रीहरुको मान्यता छ ।

हिन्दू धर्मअनुसार मानिसको मृ’त्यु भएपछि उसको आत्माले शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्छ । आत्माको मात्र पूजा हुन्छ, शरीरको हुँदैन । त्यसैले प्राण गए पछि शरीरलाई जलाइन्छ ।

वास्तु अनुसार भगवानको तस्वीर उत्तर वा उत्तरपूर्व दिशामा राख्ने गर्नुपर्छ । पूवाकोठा पनि उत्तरपूर्वमै दिशामा नै हुनुपर्छ । पितृहरुको तस्वीर चाहिँ अर्कै कोठाको दक्षिण पश्चिमतिर राख्नुपर्छ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित