श्री स्वस्थानीको व्रत बस्नाले के फल मिल्छ ? यस्तो छ स्वस्थानी व्रतकथा र यसको महत्व !

हिन्दू नेपाली नारिहरुद्वारा परापूर्व कालदेखि मनाउँदै आएको पर्वमध्य श्री स्वस्थानी व्रतकथा पनि एउटा महत्वपूर्ण पर्वको रुपमा रहँदै आएकोछ ।

विशेषगरी विवाहित महिलाहरुद्वारा आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायु अनि अविवाहित महिलाहरुद्वारा आफ्नो भावी पति अशल होस् भन्ने प्रार्थनास्वरूप यो व्रत बस्दै आएको पाइन्छ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत बस्ने गरिन्छ । उक्त अवधिभरि श्रद्दाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी स्वस्थानीको कथा सुन्ने सुनाउने प्रचलन रहेको पाइन्छ ।

स्वस्थानी कथाअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनार्इ एक महिनासम्म श्री स्वस्थानीको व्रत लिएपछि आफ्नो मनोकांक्ष्या पूरा भएको हुँदा श्री स्वस्थानी व्रतकथा मनाउन शुरु गरिएको उल्लेख छ ।

स्वस्थानी शव्द “स्व” र “स्थान” गरी दुई शव्दमा “ई” प्रत्यय लागेर बनेकोछ जसको अर्थ हुन्छ स्वस्थान वा आफ्नै स्थानमा रहने देवी भन्ने बुझिन्छ । स्वस्थानीको व्रत बस्नाले यस लोकमा सुख, सम्वृधि प्राप्त हुने र मृ’त्युपछि पनि कैलाशमा वास हुने विश्वास गरिन्छ ।

यस पर्वमा महिलाहरु बिहानै उठेर स्नान गरी नित्य मध्यान्न महादेवको पूजा गर्ने गर्दछन् भने कतिपय महिलाहरुले एकमहिनासम्म व्रत बस्ने गर्दछन् । नेपालमा यसै समयमा शालीनदी लगायतका विभिन्न पवित्र स्थानमा गएर स्नान गरी श्री स्वस्थानी माताको पूजा अर्चना गर्नेको घुइंचो लाग्ने गर्दछ ।

स्वस्थानीको कथाभित्र आउने लगभग सबै तीर्थस्थलहरु विशेषगरी काठमान्डौभित्रै पर्दछन् । जस्तै गुह्वेश्वरी, गोकर्ण, श्लेषमान्तक वन, किरांतेश्वर, गौरीघाट, वाग्मती नदी, शालीनदीजस्ता क्षेत्रहरुको स्वस्थानीको कथामा उल्लेख गरिएका स्थानहरु हुन् ।

३१ भागमा विभाजन गरिएको स्वस्थानी व्रतकथाका केहि कथाहरु स्कन्दपुराणबाट लिएकाछन् त्यसैले प्रत्यक अधायको अन्तमा इति श्रीस्कंदपुराणे केदारखंडे माघ्मात्म्य श्रेस्वस्थानी व्रताकथायाम… भन्ने गरिन्छ ।

स्वस्थानी व्रतकथा पहिला नेवारी भाषामा लेखिएको थियो, लगभग पांच सय वर्षयता मात्र नेपालीमा लेखिएको भनेर उल्लेख गरेको पाइन्छ । उक्त व्रत पहिला नेवार समुदायले मनाउने गरेको पनि उल्लेख छ ।

अन्तमा स्वस्थानी वतकाथाको आशयलाई हेर्ने हो भने निरन्तर प्रयास र लगनशीलता देखाउने हो भने अवश्य पनि सफलता हात पार्न सकिन्छ र आफ्नो लक्ष्यमा पुग्न सकिन्छ भन्ने पाठ यसबाट पाउन सकिन्छ ।

तर कुनै चिजको प्राप्तिको लागि कठोर संघर्ष र तपस्या भने गर्ने पर्ने हुन्छ तब मात्र ससफलता प्राप्त्ब गर्न सकिन्छ, शुरुमा नै फलको आश गर्ने र परिश्रम नगर्ने हो भने सफलताको सम्भावना अत्यन्तै

कम हुन् सक्छ भन्ने कुरालाई महादेव स्वामी पाउनको लागि बालुवाको शिवलिंग बनार्इ एक महिना गरेको तपस्याका कारण उनले पाएको सफलतालाई लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित