मौसमी कामदार कोरिया जाने : श्रमस्वीकृति दिने तयारी

कोरिया जाने तयारीमा रहेका मौसमी कामदारको वैधानिकताका लागि वैदेशिक रोजगार विभागले फेमिस प्रणालीमा दर्ता गराएर अन्तिम श्रमस्वीकृति दिने तयारी गरेको छ ।

कोरियाका स्थानीय तहले माग गर्ने नेपाली मौसमी कामदारको छनोट यहाँका स्थानीय तहले गर्ने र त्यसको अनुमति विभागले दिने गरी तयारी भएको हो ।

विभागका महानिर्देशक उमाकान्त आचार्यले कोरियाको ‘सिजनल वर्किङ’ भिसा का लागि दुई सरकारका स्थानीय तहबीच सम्झौता भएको जनाउँदै संघीय सरकारको वैधानिक अनुमति मिलाएर पठाउने तयारी भइरहेको बताए ।

‘कोरियाको सिजनल भिसामा श्रमिक पठाउन नेपालका स्थानीय तहले धेरै युवा छनोट गरेको पाइएको छ’, महानिर्देशक आचार्यले भने, ‘नेपालको संविधानमा दुई देशबीचको सम्झौता संघीय सरकारले गर्ने उल्लेख रहेको छ ।

यही कानुनी अड्चनलाई फुकाउन संघीय सरकारले अन्तिम अनुमति दिन विभागमा दर्ता गराउने गरी तयारी भइरहेको हो ।’ यो समाचार आजको कारोबार दैनिकमा छ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित