रवि लामिछानेको पिर्के सलामीमा सुरक्षा पन्तको कवितामाफर्त ब्यङ्ग्य

नायिका सुरक्षा पन्तले गृहमन्त्री रवि लामिछानेले पिर्के सलामी लिएपछि सामाजिक संजालबाट कडा ब्यङ्ग्य गरेकी छिन् । सामाजिक संजालमा लामो कविता कोर्दै उनले पिर्का के रहेछ भनेर प्रश्न समेत गरेकी छिन् ।

कुनै समय टेलिभिजनमा पिर्के सलामीको चर्को बिरोध गर्दै आएका लामिछानेले मन्त्री भएपछि यही शैलीलाई फलो गरेका छन् । उनको यो शैलीको अहिले कडा आलोचना पनि भैरहेको छ । आलोचना गर्ने क्रममा सुरक्षाले पनि कवितामाफर्त पिर्के सलामीको बिषयमा कविता नै कोरेकी हुन् ।

“पिर्का”
के रहेछ पिर्काको कथा
जसले पनि बोलेको हुन्छ
के रहेछ हिमालमा
जो पनि चढेको देखिन्छ
पिर्का र हिमालमा केही त फरक हुन्छ
नत्र हिमाल चढेपछि
हिमालहरु,अरु,आँखा जुधाउँछन्
आफूतिर बोलाउँछन्
अनि गुनगुनाउँछन् आँटको गाथा
चिसो हावाले गाला चिमोट्छ यसरी
कति खेर! झरम जस्तो हुन्छ, तल्तिर
लाज लागेर नि !
केही त अलौकिक छ उचाइमा

पिर का!
ओर्लन जान्ने
ताल परे चढ्दिन जा!
भन्ने मान्छे
नभएर त पक्कै होइन?
यो त एउटा कालखण्ड, जसको घमण्ड!
कठै! बानी बन्दै हो
प्रभुत्व अगाडी कदै सानो छ त आफ्नो
हामी आफै भन्दो हो?

“इतिहासको अगाडी कसैको केही लाग्दैन”
चुनि चुनि बुनि बुनि पठाएका
आफ्नै मुटुका टुक्रा उभिँदा पनि
पिर्का फित्तिकै भाँचिदैन।

मानौं!
स्वदेशी रोजगारी
स्कुल देखि पदमा पुग्छे हाम्री पियारी!
यता चढे उता बढे भने
खेतहरु बाँझो नहुने तयारी

के भो त अनि?
पिर्काहरु अझै बन्नु पर्छ ।
जुन हेर्दा मैदान जस्तो होस्
या होस् सूर्यमुखी फूल सरी
संरचना यसको फेरिनै पर्छ।
कम्तिमा पनि अन्जुली जस्तो त होस्
जसमा मुलको पानी, थपि थपि पिउन मिल्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित