पूजा युद्ध

नेपाली सिने जगतमा आफ्नो प्रतिभा र कामप्रतिको लगावले स्थापित भएको नाम हो पुजा शर्मा । आफुलक्षित भएका टिप्पणीहरु र आलोचनालाई सहर्ष स्विकार्ने खुबी थोरै मात्रै नायिकामा हुन्छ ।

नेपाली सिने क्षेत्रमा विवादको पर्याय बनेकी लोकप्रिय अभिनेत्री हुन पुजा शर्मा । नेपाली सिने जगतमा एक अभिनेत्रीलाई सदावहार चर्चाको शिखरमा बसिरहन निकै सङघर्ष गर्नुपर्दछ जुन कुरा असफल हुने र बिदेश भासिने नायिकाहरुको संख्याले पनि पुष्टि गर्दछ ।

आफ्ना कमीकमजोरीमा गरिएको मजाकहरुलाई चिर्दै चूनौतीहरुमा अवसर देख्ने सोच पुजा शर्माको बनिसकेको छ । सकारात्मक सोच र निरन्तरको प्रयासले नै पुजा शर्मा नेपाली सिने जगतमा सदावहार र बढी सफल नायिकाको अग्रपङ्क्तिमा अटाउने थोरै नाममा पुजा शर्मा पनि एक हुन् ।

एक सफल नाम चलेकै स्थापित कलाकार भएकाले होला पुजा शर्मा जहाँ जान्छिन् उनलाई मिडियाले पछ्याइहाल्छ । उनलाई पछिल्लो समय बढी सोधिने प्रश्न उनको विवाह र ब्यक्तिगत जिवनको पनि हो ।

उनी अहिले युद्ध बानियाँ नाम गरेका युवासँग गहिरो प्रेममा छिन्् । यसैक्रममा पुजा शर्माले युद्धका केही अन्तर्यहरु खोतलेकी छिन् । उनले युद्ध निकै लजालु स्वभावको भएको बताएकी छिन् ।

लजालु स्वभाव भएपनि उनी पुजा शर्माको केयर भने धेरै गर्दछन् । पुजा शर्माकै बोलीलाई आधार लिने हो भने इमान्दार केटासँग बिहे गर्ने पुजा शर्माको सपनाले यथार्थता प्राप्त गरेको भनेर बुझ्न सकिन्छ । उनीहरु अहिले प्रेममा छन् र स्रोतका अनुसार छिट्टै बिहे गर्ने सोेचमा छन् ।

फिल्मी दुनियाँमा बित्ने पुजा शर्माको दैनिकि अहिले ब्यापारसँग पनि जोडिएको छ । उनी आफ्नो अधिकांश समय आफ्नो ब्यापार ब्यबसायमा फोकस गर्छिन । युद्ध बानियाँको जन्मदिनको अवसरमा पूजा शर्मा यस्तो लेख्छिन ।

‘जन्मदिनको शुभकामना यु, तपाईं मेरो सबैभन्दा राम्रो उपहार हुनुहुन्छ जुन भगवानले मलाई दिनुभएको छ म तिमीलाई माया गर्छु । सधैंभरि तिमि मेरो जिबनमा आयौ जब म पुरै टुटेको थिए तिमि नै मेरो मुहारको मुस्कान मेरो आँखामा हाँसो र मेरो जिन्दगीको खुशीको कारण हौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित