तपाईलाई लाग्छ तपाईको जीवन कठिन छ, एक पटक हेर्नुहोस झमक घिमिरेको जीवन

झमक कुमारी घिमिरे (जन्म सन् १९८०, कचिडे, धनकुटा प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोगद्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्वकै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन।

जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन। खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छिन।

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्। उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो।

कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू पनि छापिन्छन्। झमकले प्रबल गोरखा दक्षिण बाहु, चौथोलगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन्।

पारिजातपछि मदन पुरस्कार पाउने महिला लेखक हुन्, झमक घिमिरे । उनले २०६८ सालमा ‘जीवन काँडा कि फूल’ पुस्तकका लागि यो पुरस्कार पाएकी हुन् । उनी खुट्टाका औँलाका साहाराले लेख्छिन् ।

उनलाई बाल्यकालदेखि नै प्रतिमष्तिस्क रोगबाट पीडित छिन् । उनी पुस्तकका अलावा, पत्रपत्रिकाहरूमा लेख समेत लेख्छिन् । उनको जीवनीमा आधारित चलचित्र पनि बनिसकेको छ । घिमिरेका संकल्प, आफ्नै चिता अग्नि शिखातिर, मान्छे भित्रका योद्धाहरु लगायतका कृतिहरु प्रकाशित छन् ।

जीवन काँडा कि फूल झमक घिमिरेद्वारा लिखित आत्मकथा हो । यो पुस्तकमा झमकले आफूले भोगेको पीडा र सङ्घर्षको गाथा ब्यक्त गरेकी छिन् । २०६८ सालमा उनले यो पुस्तकबाट मदन पुरस्कार पाएकी थिइन् । यो एक मदन पुरस्कार प्राप्त सफल र ज्यादै लोकप्रिय कृति हो।

झमकको जन्म वि . स . २०३७ असार २१ गते धनकुटा जिल्लाको कचिंडे गाउँमा भएको हो । पिता । श्रीकृष्णबहादुर र माता आशादेवी घिमिरेको प्रथम सन्तानका रूपमा उनले जन्म लिएकी हुन् ।

जन्मदा उनी अन्य शिशु झै देखिन्थिन् तर उनलाई मस्तिष्कीय पक्षाघात जस्तो गम्भीर रोग लागेको रहेछ । यसकै असरले अरू शिशु सरह उनका हातगोडा सक्रिय हुन सकेनन् । उनको बोली पनि आएन र उनी बहु अपाङ्गताको अवस्थामा रहन पुगिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित