श्रीमतीले डिभाेर्स मागेपछि आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गो’ली हानेर ह’त्या

अमेरिकामा एक ४२ वर्षीय पुरुषले श्रीमतीले सम्बन्धवि’च्छेदको निवेदन दिएपछि परिवारका सात जनाकाे ह’त्या गरेका छन्। आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गो’ली हानेर ह’त्या गरेपछि अन्त्यमा उनले आ’त्मह’त्या गरेका थिए।

बीबीसीका अनुसार बिमा अभिकर्ताकाे रुपमा काम गर्ने माइकल हैटले श्रीमतीसँगै ७ र ४ वर्षिय दुई छाेरा र ७, १२ र १७ वर्षका तीन जना छाेरीकाे पनि गाेली हानी हत्या गरेका हुन्।

अमेरिकाकाे साल्टलेक सिटी र लस भेगासबीचको उटाह प्रान्तकाे सानो सहर एनोकमा यो घ’टना भएको हाे। प्रहरीले उनीहरूकाे घरबाट ८ जनाकाे श’व निकालेकाे छ।

त्यस्तै ७८ वर्षिया सासुकाे पनि ह’त्या गरेपछि उनले अन्त्यमा आफैंलाई गो’ली हानेका थिए। श्रीमतीले सम्बन्धवि’च्छेदको मु’द्दा दायर गरेको दुई सातापछि ती व्यक्तिले उनीहरूको ह’त्या गरेकाे सरकारी अधिकारीहरूले बताएका छन्।

घ’टनाकाे बारेमा जानकारी दिंदै प्रहरीले बिहीबार भएको पत्रकार सम्मेलनमा घरायसी समस्याका कारण ह’त्या भएको बताएकाे छ। घ’टनाको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ। नगरका प्रमुख जेफ्री चेस्नटले भने सम्बन्धविच्छेदको निवेदन नै ह’त्याको कारण भएकाे बताएका छन्।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित