लाल बहादुर विक सुनसरी तरहरा निवासी एक साधारण व्यक्ति हुन् । लाल बहादुर बिक कारागार गएको महिना दिन भइसक्यो । उनी सिंहदेवी ज्वेलार्समा सिक्री बनाउने करिगढको रुपमा कार्यरत थिए।
उनका मालिक दिपक गजमेर, दीपकका बुबा कृष्ण बहादुर गजमेर र सिता गजमेर परिवारको ज्वेलर्सले विभिन्न सयौ व्यक्तिबाट धेरै ब्याज दिने भन्दै पैसा उठाएका रहेछन ।
पैसाको रेकर्डको लागि पास बुक पनि बनाइएको थियो । धेरै ब्याज आउने प्रलोभनमा धेरैले करोडौ पैसा जम्मा गरे । पछि सिंहदेवी ज्वेलर्सले मानिसहरुको पैसा फिर्ता गर्न आनाकानी गर्यो ।
ज्वेलर्स नै बन्द हुने स्थिति आयो। पैसा राख्ने हरुले उजुरी गरे, जाहेरी दिए ज्वेलर्सका मालिक दिपक गजमेर सहित उनका बुबा कृष्ण बहादुर र सीता गजमेर पक्राउ परे । सीता गजमेरले उनीहरुको कामदार लाल बहादुरको पनि नाम लिएपछि लाल बहादुर पक्राउ परे ।
पछि मुद्धा चल्दै गर्यो । लाल बहादुर २ लाख धरौटि तिरेर छुटे त्यति बेला सम्म उनको जग्गा घर धितो मा गैसकेको थियो मुद्धा चल्दै जादा दोषी ठहरिएका कृष्ण बहादुर र जाहेर दिने प्रत्येक पिडितले लाल बहादुर निर्दोष छन्, उनी कामदार मात्र हुन् ।
हामीले उनीसंग कारोबार गरेको होइन भनेर बकपत्र गरेका छन् । तर मुद्धा चलेको लगभग ५ वर्ष पछि लाल बहादुरलाई जिल्ला अदालत सुनसरी, न्यायधिस निर्मला योंग्याको इजलासले १ वर्ष ६ महिना कैद र ३ करोड १४ लाख विगो जरिबाना तोकेको छ ।
उनी अहिले झुम्का कारागारमा छन्। अदालतको यस निर्णय विरुद्ध लाल बहादुरले पुनरावेदन दिएका छन् । सदें सर्दे अब पुष २६ गते पेसी चड्ने कुरा छ । त्यसपछि के कसरी अगाडि बढ्ने हो भनेर छलफल गर्नु पर्छ। हामी उनको घर पनि पुगेका थियो । बा आमा श्रीमतीको आवस्था नाजुक छ ।
लाल बहादुर बिक कारागार गएको महिना दिन भइसक्यो । उनी सिंहदेवी ज्वेलार्समा सिक्री बनाउने करिगढको रुपमा कार्यरत थिए। उनका मालिक दिपक गजमेर, दीपकका बुबा कृष्ण बहादुर गजमेर र सिता गजमेर परिवारको ज्वेलर्सले विभिन्न सयौ व्यक्तिबाट धेरै ब्याज दिने भन्दै पैसा उठाएका रहेछन ।
पैसाको रेकर्डको लागि पास बुक पनि बनाइएको थियो । धेरै ब्याज आउने प्रलोभनमा धेरैले करोडौ पैसा जम्मा गरे । पछि सिंहदेवी ज्वेलर्सले मानिसहरुको पैसा फिर्ता गर्न आनाकानी गर्यो । ज्वेलर्स नै बन्द हुने स्थिति आयो।
पैसा राख्ने हरुले उजुरी गरे, जाहेरी दिए ज्वेलर्सका मालिक दिपक गजमेर सहित उनका बुबा कृष्ण बहादुर र सीता गजमेर पक्राउ परे । सीता गजमेरले उनीहरुको कामदार लाल बहादुरको पनि नाम लिएपछि लाल बहादुर पक्राउ परे ।
पछि मुद्धा चल्दै गर्यो । लाल बहादुर २ लाख धरौटि तिरेर छुटे त्यति बेला सम्म उनको जग्गा घर धितो मा गैसकेको थियो मुद्धा चल्दै जादा दोषी ठहरिएका कृष्ण बहादुर र जाहेर दिने प्रत्येक पिडितले लाल बहादुर निर्दोष छन्, उनी कामदार मात्र हुन् । हामीले उनीसंग कारोबार गरेको होइन भनेर बकपत्र गरेका छन् ।
तर मुद्धा चलेको लगभग ५ वर्ष पछि लाल बहादुरलाई जिल्ला अदालत सुनसरी, न्यायधिस निर्मला योंग्याको इजलासले १ वर्ष ६ महिना कैद र ३ करोड १४ लाख विगो जरिबाना तोकेको छ ।
उनी अहिले झुम्का कारागारमा छन्। अदालतको यस निर्णय विरुद्ध लाल बहादुरले पुनरावेदन दिएका छन् । सदें सर्दे अब पुष २६ गते पेसी चड्ने कुरा छ । त्यसपछि के कसरी अगाडि बढ्ने हो भनेर छलफल गर्नु पर्छ। हामी उनको घर पनि पुगेका थियो । बा आमा श्रीमतीको आवस्था नाजुक छ ।





















Discussion about this post