पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियामा नयाँ घर भेटेका छन्। गत साता मात्रै साउदी पुगेका रोनाल्डोले साउदीको रियादमा नयाँ घर भेटेका हुन्।

रोनाल्डोले परिवारसँगै बस्न रियादमा क्रिस्टियानो रोनाल्डोको परिवार आलिसान भवनमा दुई तलामा फैलिएको ‘सुइट’मा बस्ने साउदीका स्थानीय मिडियाहरुले जनाएका छन्। रोनाल्डोले बस्ने सो सुइट सबभन्दा अग्लो भवनमध्येको एक किङडम टावरमा रहेको छ।

रोनाल्डोको सुइट दुई तलमा फैलिएको र सो सुइटमा कुल १७ कोठा रहेको बताएको छ। सुइटले ९९ तलाको भवनको दुई तल्ला ओगटेको छ र यसमा १७ कोठा छन्। रोनाल्डोको “किंगडम सुइट” मा एक महिना लामो बस्न पोर्चुगिज फरवार्डको प्रति महिना २ लाख ५० हजार पाउण्ड खर्च हुनेछ।

होटलमा रोनाल्डोको लागि मसाज थेरापी र आराम गर्न स्पा र सौना पनि रहेको बताइएको छ। टावरमा उच्च-प्रोफाइल ब्रान्डहरूहरुका शोरुपहरु पनि रहेका छन्।

रोनाल्डोको सुइट विशेष छ र होटलको वेबसाइटमा उपलब्ध छैन। सुइटका कोठाहरूबाट साउदी अरेबियाको राजधानी रियादको उत्कृष्ट दृश्य देख्न पाइने बताइएको छ।

क्रिस्टियानो रोनाल्डोसँग पनि संसारभरका धेरै खानाहरू उपलब्ध हुनेछन्। फोर सिजन होटलमा चिनियाँ, जापानी, इन्डियन र मध्यपूर्वका परिकार सजिलै पाइन्छ।

रोनाल्डो सो सुइटमा एक महिनाका लागि मात्रै रहने बताइएको छ। त्यसपछि उनी अर्को घरमा सर्नेछन्। रोनाल्डोले अहिले आफूलाई उचित हुने आलिशान घर खोज्न आफ्ना प्रतिनिधिहरुलाई खटाएका छन्। रोनाल्डोले अल-नासरसँग प्रति सिजन २० करोड यूरो पारिश्रमिक पाउनेछन्।





















Discussion about this post