स्कुल संचालकको लापरबाहीका कारण पानी सम्झेर स्पिरिट खाएकी छात्राको मृ’त्यु भएको छ। मिर्चैया ६ स्थित सगरमाथा सेकेन्डरी स्कुलकी कक्षा ८ मा अध्ययनरत सिर्जना महराको मृ’त्यु भएपछि शिषक प’क्राउ परेका छन् ।पक्राउ पर्ने शिषकमा प्रिन्सिपल प्रदीप तिवारी र शिक्षिका अम्बिका लम्साल रहेका छन् ।
पीडित पक्षले कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराए पछि घटनाबारे अनुसन्धान भइरहेको बताए । सिर्जनाले सेवन गरेको तरल पदार्थ जाँचका लागि ल्याब पठाइएको छ। श’वलाई पोस्टमार्टम गरी दाहसंस्कारका लागि परिवारजनलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ। विद्यालयको लापरबाहीका कारण सिर्जनाको मृ’त्यु भएको भन्दै आइतबार मिर्चैया बजार तनावग्रस्त थियो।
स्कुलले माउन्टेनड्युको बोतलमा राखेको स्पिरिट पानी सम्झेर खाएपछि कक्षा ८ मा अध्ययनरत सिरहा नगरपालिका–११ भलुवाहीकि छात्रा १६ वर्षीया सिर्जना कुमारी महराको मृ’त्यु भएको हो। पुस २२ गते कक्षा कोठामा पढ्दै गर्दा अचानक पेट दुखेपछि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग औषधि मागेकी थिइन्।
शिक्षिकाले ब्रुफेन चक्की दिएको औषधि खान उनले त्यहीँ स्पिरिटले भरिएको माउन्टेन ड्यूको बोतल पानी ठानेर खाइन्। उक्त बोतलमा रहेको स्पिरिट खाए लगत्तै उनी बेहोस् भएकी थिइन्।
स्पिरिट पिएपछि बिरामी भएकी सृजनालाई उपचार नगरमइ विद्यालयका प्रिन्सिपल प्रदीप तिवारीले घर पठमएबमेले समयमै उपचार हुन नसकेको मृतकका बुवा धम्रेन्द्र महराले बताए। उनलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल पुर्याइयो।
उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भयो। सो घटनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आइतबार बिहानदेखि विद्यार्थीहरू र मृतक छात्राका आफन्तहरुले आन्दोलन पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका थिए।
स्कुलका संचालक प्रदीप तिवारी आफ्नो लापरबाहीबाट उम्किँदै शिक्षिकामाथि दोष थोपर्दै छन्। उनले भने, ‘शिक्षिकाको गल्तीले यो घटना हुन पुग्यो। तर पीडित परिवारले स्कुल संचालक तिवारीको पनि उतिकै दोषी भएको बताउँछन्।





















Discussion about this post